बेलायतमा एउटा लरीभित्र फेला परेको ३९ भियतनामी नागरिकको शव सनाखत

Photo Credit :skynews

बेलायतमा एउटा लरीभित्र फेला परेको ३९ भियतनामी नागरिकको शव सनाखत भएको छ। मृतकमध्ये ३१ पुरुष र ८ महिला छन्।

घटनाको अनुसन्धान गरिरहेको एसेक्स प्रहरीका अनुसार भियतनामी प्रहरीसँगको समन्वयमा ती शव सनाखत गरिएको हो।

मृतक भियतनामको हाइफोङ्ग, हाइ डोङ्ग, न्घे अन, हा तिन्ह, क्वाङ्ग बिन्ह र हुयेका निवासी हुन् ।

प्रकाशित मिति: : 2019-11-08 13:17:08

प्रतिकृया दिनुहोस्