इयू सांसदद्वारा यूरोपेली आयोगमा लेयनको नेतृत्वलाई अनुमोदन

तस्बिरः एजेन्सी

जर्मनीकी उर्सुला भोनदेर लेयनको नेतृत्वमा बनेको नयाँ यूरोपेली आयोगलाई यूरोपेली संघ (इयू)ले बुधबार अनुमोदन गरेको छ।

कुल मतमा लेयनको पक्षमा ४६१, विपक्षमा १५७ परेका छन् भने ८९ सदस्यले मतदानमा सहभागिता जनाएनन्।

लेयनको नाम अनुमोदनसँगै आयोगले पहिलो पटक महिला अध्यक्ष पाउने सम्भावना बढेको छ। यद्यपि नयाँ आयोग र यसको नेतृत्वलाई आगामी डिसेम्बरभन्दा पहिले यूरोपेली परिषद्को बहुमतबाट पारित हुनुपर्छ।

लेयन निर्वाचित भएपछि सांसदहरूलाई गरेको पहिलो सम्बोधनमा उनले यूरोपेली आयोगको यस्तो भू–राजनीतिक स्वरूपलाई जलवायु परिवर्तन समस्यासँग जुध्न र रणनीतिक स्वायत्तताका लागि खटेर काम गर्ने बताएका छन्।

उनले भने, “विश्वशक्तिले जलवायु परिवर्तनको मुद्दालाई भाषागत विवाद र एकपक्षीयरूपमा सोच्दा सम्वोधन गर्न कठिनाई भएको बिषय भएको छ।”

उनले थप जोड दिँदै भने, “विश्वले अहिलेसम्मभन्दा हाम्रो नेतृत्वलाई बढी स्वीकार गर्न आवश्यक रहेको छ।”

 

प्रकाशित मिति: : 2019-11-27 21:11:46

प्रतिकृया दिनुहोस्