नक्कली भुटानी शरणार्थी प्रकरण

हनुमानथानको घर साँघुरो भएपछि मैजुबहाल सरेका थिए पूर्वगृहमन्त्री खाँण

प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण ‘फोनअफ’ गरेर सम्पर्कविहीन छिन्।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको संगतपछि ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा मुछिएकी उनी आफन्तको घरमा पुगेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार पूर्वमन्त्री खाँणको पछिल्लो पारिवारिक अवस्था सोधीखोजी गर्दा काठमाडौँमा दुइटा घर फेला परेका छन्।

खाँणको परिवार देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुपूर्व हनुमानथानको दुईतले घरमा बस्थ्यो। तर मन्त्री भएपछि समर्थकहरूको बाक्लो चहलपहल भएको भन्दै चावहिलस्थित मैजुबहाल सरेको खाँणनिकट एक केन्द्रीय सदस्यले जनाएका छन्।

‘बालकृष्ण दाइ मन्त्री बन्नुअघि हनुमानथानमा बस्नुहुन्थ्यो। मन्त्री भएपछि उहाँको परिवार चावहिल सर्यो। उहाँ आज चावहिलबाटै पक्राउ पर्नुभयो,’ उनले भने।

नक्कली शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

प्रहरी घरमा पुगेको थाहा पाएपछि भाग्न खोजिरहेका थिए पूर्वगृहमन्त्री खाँण

प्रकाशित मिति: : 2023-05-10 16:43:00

प्रतिकृया दिनुहोस्