एन्का अध्यक्ष जोशी 'च्याम्पियन अफ इन्क्लुजन' अवार्ड बाट सम्मानित

एन्का अध्यक्ष विजय जोशी 'च्याम्पियन अफ इन्क्लुजन' अवार्ड का साथ। तस्बिर : बीएल

एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन (एनका) का अध्यक्ष विजय जोशी 'च्याम्पियन अफ इन्क्लुजन' अवार्ड बाट सम्मानित भएका छन्। एडिलेडको रहेको बहुसांस्कृतिक समाजमा खेलको माध्यमबाट समुदायमा दिएको योगदानको कदर गर्दै नेपाली समुदायका जोशीलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो। 

विश्वकै चर्चित एडीलेड ओभलमा आयोजना भएको 'इनक्लुसिभ स्पोर्ट साउथ अस्ट्रेलियाले आयोजना गरेको आईडियस-१९ ( इन्क्लुजन एण्ड डाइभर्सटी इन स्पोर्ट्स-१९ ) सम्मेलनमा उनलाई सम्मानित गर्ने क्रममा  जोशीले खेलको माध्यमबाट नेपाली र अस्ट्रेलियन समुदायमा ठुलो प्रभाव पारेको बताईएको थियो।

फाइनल मनोनयनमा जोशीसँगै आदिवासी समुदायमा सकृय शाने बोन्ड र रिनेला अल एबीलिटिस क्रिकेट ब्लास्टकी सह-संस्थापक जेंनी निएडेरेर रहेका थिए।सम्मानित भएपछि ब्रेक एन लिंक्ससँग कुराकानी गर्दै जोशीले भने- 'अवार्ड पाउँदा पक्कै पनि खुशी छु।तर, यो अवार्ड मेरो लागि मात्र नभएर साउथ अस्ट्रेलियाको नेपाली समुदाय र एनकाको पनि हो।'

अवार्डले समावेशी तथा विविधताका साथ खेलकुद कार्यक्रमलाई अझै सशक्त रुपले अगाडि बढाउने जिम्मेवारी समेत थपिएको अनुभब गरेको बताउँदै उनले थपे-'म त निमित्त मात्र हुँ। हामी सबै मिलेर यसको गरिमा राखौं।' 

एनकाको संस्थापक सदस्य जोशीको नेतृत्वमा जुनियर क्रिकेट ब्लास्ट, पिंक स्टम्प च्यारिटी कार्यक्रम, रक्तदान कार्यक्रम, अस्ट्रेलिया-नेपाल कपलगायतका थुप्रै कार्यक्रम एनकाले गर्दै आएको छ।

जोशीले पाएको सम्मानले यहाँ रहेको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको प्रभावकारी उपस्थिति रहेको पुष्टी हुन्छ। 

प्रकाशित मिति: : 2019-05-23 06:57:13

प्रतिकृया दिनुहोस्