वेस्टर्न सिड्नी युनिभर्सिटीको बहुसांस्कृतिक मेलामा नेपाली मुस्कान

वेस्टर्न सिड्नी युनिभर्सिटीको बहुसांस्कृतिक मेलामा नेपाली मुस्कान छर्दै नेपाली विद्यार्थीहरू । तस्बिर : बीएल।

नेपाली विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको वेस्टर्न सिड्नी युनिभर्सिटीमा बहुसांस्कृतिक मेला आयोजना गरिएको छ।विश्वका विभिन्न मुलुकका विद्यार्थीहरू अध्ययरत मेलामा नेपाली विद्यार्थीहरू नेपाली मौलिक भुषभूषामा प्रस्तुत भएका थिए। 

मेलामा राखिएको नेपाली स्टलमा नेपाली चिनारी बोकेका प्राकृतिक तथा सांस्कृतिक धरोहरहरूका पोष्टर तथा तस्बिरहरू सजाइएका थिए।अनि स्टलमा नेपाली मौलिक भेषभूषामा सजिएका नेपाली युवतीहरू।हिमालझै सेतो दाँत देखाएर अनुहारमा मुस्कान फुलाइरहेका उनीहरूलाई देख्दा लाग्थ्यो- खुशी के हो ? मुस्कान के हो?, थाहा पाउँन नेपालीलाई सोधे हुन्छ।

मेलामा सहभागी एक नेपाली विद्यार्थीले भनिन्- ' हामीले मेलामा स्टल राखेर नेपालको उपस्थिति बनाएका हौं। अरू केही विशेष नभए पनि मुस्कान त नेपाली छर्न सक्छौ नि।'

पहिला युनिभर्सिटी अफ वेस्टर्न सिड्नी भनिने यो विश्वविद्यालउ पश्चिम सिड्नीको यस विश्वविद्यालयमा विभिन्न छ वटा कलेज रहेका छन्। अस्ट्रेलियाको २५औं र विश्वकै ४००औं उत्कृष्ट यस विश्वविद्यालयमा ४४ हजार नौसय १८ विद्यार्थी रहेका छन्। 

प्रकाशित मिति: : 2019-05-23 07:56:41

प्रतिकृया दिनुहोस्