अस्ट्रेलियामा पनि बन्दुक-आतंक: मोटेल आक्रमणमा चार मारिए

डार्बिन प्रहरी आक्रमणकारीलाई नियन्त्रणमा लिदै । तस्बिर : न्युज कर्प अस्ट्रेलिया

अष्ट्रेलियाको डार्विनको एक मोटेलमा भएको बन्दुक आक्रमणमा कम्तीमा पनि ४ जना मारिएका छन् भने एकजना घाइते भएका छन्। 

स्थानीय समयअनुसार मंगलबार साँझ पौने ७ बजे पाम मोटेलमा आक्रमणकारीले आफ्नो सटगनबाट अन्धाधुन्ध गोली चलाएको थियो ।

प्रहरीले एक घण्टाभित्रै संदिग्ध आक्रमणकारीलाई पक्राउ गरी घटना नियनत्रणमा ल्याइसकेको बताएको छ । 

आक्रमणकारी डार्विनकै ४५ वर्षीष बेन होफम्यान भएको प्रहरीले जनाएको छ। ऊ जनवरीमा मात्र जमानतमा छुटेको थियो। प्रहरीका लागि सुपरिचित उसको खुट्टामा इलेक्ट्रोनिक सेन्सर राखिएको थियो । 

घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मारिनेहरूको परिचय भने सार्वजनिक गरिसकिएको छैन ।

अस्ट्रेलियामा सन् १९९६ मा तास्मानियामा भएको गोलीकाण्डमा ३५ जनाको ज्यान गएपछि बन्दुकमाथि नियन्त्रण गर्ने कडा कानुन ल्याइएको थियो। त्यसयता यस्ता घटनाहरू त्यहाँ बिरलै हुने गर्छन् ।  

यसैबीच अस्ट्रेलियाका प्रधामन्त्री स्क्ट मरिसनले घटनाको निन्दा गरेका छन् । उनले यसलाई अस्ट्रेलियन नागरिकले गर्नै नसुहाउने कायर काम भनेका छन् । 

प्रकाशित मिति: : 2019-06-05 06:35:34

प्रतिकृया दिनुहोस्