अस्ट्रेलियामा दुर्घटना गराउने नेपाली विद्यार्थी विमानस्थलबाटै पक्राउ

अस्ट्रेलियामा भएको नेपाली विद्यार्थीको सवारी दुर्घटनामा निधन भएका समिक्षा र गोपाल । तस्बिर : फाइल ।

अस्ट्रेलियामा दुई जनाको ज्यान जाने गरी भएको पछिल्लो सवारी दुर्घटनाका चालक सागर भट्टराई पक्राउ परेका छन् । सिड्नीबाट विमान चढेर भाग्न खोज्दा उनी विमानस्थलबाटै पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार शुक्रबार बेलुका ७ बजे उनी विमान चढेर भाग्न लागेका थिए । उनलाई खतरनाकरुपमा गाडी चलाएका विभिन्न चारवटा अभियोग लगाइएको छ । 

यो पनि हेर्नुहोस् 

 आत्मियता छ र त जीवन सुन्दर छ ।

पक्राउ गरिएका सागरलाई मस्कट प्रहरी स्टेशनमा लगिएको प्रहरीले जनाएको छ ।  उनलाई शनिबार पारामाटा जमानत अदालतमा पेश गरिने  छ ।

गएको जुलाई २८ तारिख विहान ३ बजेर ४० मिनेट जाँदा अष्ट्रेलियाको पर्थ नजिकै भएको दुर्घटनामा दुईजना नेपालीहरुको मृत्यु भएको थियो । मृत्यु हुनेमा समिक्षा सुवेदी र गोपाल भण्डारी थिए । यसैगरी चालक भट्टराईसहित संगीत देवकोटा र अश्विन कँडेल घाइते भएका थिए । 

 

प्रकाशित मिति: : 2019-08-03 09:59:55

प्रतिकृया दिनुहोस्