कतार विश्वकप

कतारले विश्वकपकाे लागि कस्ताे बनाउँदैछ सुरक्षा याेजना ?

Sorin Furcoi/Al Jazeera
Sorin Furcoi/Al Jazeera

कतार विश्वकप २०२२ सुरू हुन अब केही हप्ता मात्रै बाँकी छ। पहिलाे पटक मध्यपूर्वमा आयाेजना गर्न लागिएकाे विश्वकपकाे याे वर्षकाे संस्करण २० नाेभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारका विभिन्न सहरहरूमा हुँदैछ।

कतारका पाँच सहर लुसेल, अल खोर, अल रेयान, अल वक्राह र दोहामा गरी ८ स्टेडियममा प्रतियाेगिता चल्नेछ। यस पटककाे विश्वकपमा ३२ देशका टोलीहरू सहभागी हुँदैछन। विश्वकपकाे लागि कतारले अत्यन्त कडा सुरक्षा व्यवस्था मिलाएकाे छ।

कसरी बन्दैछ सुरक्षा व्यवस्थाकाे याेजना

कतारले विश्वकप निर्वाध रूपमा आयोजना गर्नका लागि दशौँ हजार सुरक्षाकर्मी परिचालन गर्ने अपेक्षा गरिएको छ। आयोजक राष्ट्रले धेरै देशहरूसँग धेरै सुरक्षा सहयोग सम्झौताहरू हस्ताक्षर गरेको छ। नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म चल्ने प्रतियोगितामा करिब १२ लाखभन्दा बढी फ्यानले कतार भ्रमण गर्ने अपेक्षा गरिएको छ।

कतारका सुरक्षा बलले १३ देशका साझेदारहरूसँग मिलेर देशभर पाँच दिने सुरक्षा अभ्यास गरेका छन्। स्थानीय दैनिक द पेनिन्सुलाले रिपोर्ट गरेअनुसार अभ्यास आपतकालीन सेवाहरूको तत्परता र प्रतिक्रियाशीलता परीक्षण गर्ने उद्देश्यले गरिएको हो।

प्रतियोगिताको सुरक्षा समितिकाअनुसार अभ्यासमा ३२ हजार सरकारी सुरक्षाकर्मी र १७ हजार निजी सुरक्षाकर्मीको सहभागिता रहेको थियो।

टर्कीले स्टेडियम र होटलहरू सुरक्षित गर्न मद्दत गर्न ३ हजारभन्दा बढी दङ्गा पुलिस अधिकारीहरू पठाउने घोषणा गरेको छ। त्याे सँगै टर्कीले १०० विशेष अपरेसन प्रहरी अधिकारी, ५० बम विशेषज्ञ र ८० वटा स्निफर कुकुरहरू पनि बताएकाे छ।

टर्कीका आन्तरिक मन्त्री सुलेमान सोयलुले टर्कीले ६७७ कतारी सुरक्षाकर्मीहरूलाई ३८ विभिन्न व्यावसायिक क्षेत्रमा तालिम दिएको बताएका छन।

त्यसैगरी कतारले मोरक्कोसँग सुरक्षा सहयोग सम्झौता गरेको कतार समाचार एजेन्सीले गत महिना रिपोर्ट गरेको थियो। गतवर्ष मोरक्कन समाचार आउटलेटहरूले रबातले प्रतियाेगिताको समयमा कतारमा साइबर सुरक्षा विशेषज्ञहरू खटाउने जनाएको थियो।

मे महिनामा बेलायती रक्षा मन्त्रालयले दोहालाई सुरक्षित विश्वकप प्रदान गर्न सहयोग गर्ने बताएको थियो। मन्त्रालयले कतारलाई आतंकवाद र फुटबल खेलहरूमा हुने अन्य खतराहरूको सामना गर्न सैन्य क्षमताको साथ सहयोग गर्ने बताएको छ। सहयोगमा रोयल नेविबाट समुद्री सुरक्षा सहयोग, उन्नतस्थान खोज प्रशिक्षण, परिचालन योजना र कमाण्ड र नियन्त्रण समर्थन र थप विशेषज्ञ सल्लाह समावेश हुने मन्त्रालयले बताएको छ।

कतारले प्रतियोगिताको दौरान प्राविधिक व्यवस्थामा सहयोग गर्न संयुक्त राज्य अमेरिकाको रक्षा विभागसँग सम्झौता गरेको छ।

कतारको रक्षा मन्त्रालयले यस महिनाको सुरुमा जारी गरेको विज्ञप्तिमा कतारको रक्षा मन्त्रालयले दुई पक्षबीचको सहयोग र फिफा २०२२ विश्वकप कार्यक्रममा सहयोग प्रदान गर्न अमेरिकी सशस्त्र बलको योगदानलाई पहिचान गरी कार्यान्वयन गर्ने उद्देश्य राखेको छ।

संयुक्त अरब इमिरेट्समा आधारित द नेशनलले यस वर्षको सुरुमा जोर्डनका पूर्व सैनिकहरूलाई पनि विश्वकपमा भूमिका प्रस्ताव गरिएको थियो।

विश्वकप नजिकिँदै गर्दा कतारका सडकमा सुरक्षा सम्बन्धी गतिविधि बढेको छ। ८ वटै विश्वकप स्टेडियमको सुरक्षा क्यामेरा फुटेज अनुगमन गर्न केन्द्रीय कमाण्ड सेन्टर स्थापना पनि गरिएको छ।

-  Photo: Turkish embassy/Doha

- अलजजिराको सहयोगमा सुरेन्द्र राना मगरकाे प्रस्तुति 

प्रकाशित मिति: : 2022-10-26 17:16:00

प्रतिकृया दिनुहोस्