अमेरिकी उपराष्ट्रपति पेन्स र प्रचण्डको भेट गराउने प्रयत्न जारी

तस्बिरः एजेन्सी

अमेरिका भ्रमणमा रहेका नेपालका पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्ड र अमेरिकाका उपराष्ट्रपति माइक पेन्सबीच भेटघाट गराउने प्रयत्न जारी रहेको बताइएको छ।

दक्षिण र दक्षिण पूर्व एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्स यो भेटघाटको प्रबन्ध मिलाउन लागिपरेको समाचार सूत्रहरूले बताएका छन्।यसका लागि केही समयअघि नेपाल भ्रमणमा गएका दक्षिण तथा दक्षिण पूर्व एसियाका लागि अमेरिकी उपसहायक रक्षामन्त्री जो फेल्टरले पनि प्रयत्न गरिरहेको बताइन्छ।

भेटघाटको प्रवन्ध मिलाउन नेपालका लागि अमेरिकी राजदूत बेरीले पनि प्रयत्न गरिरहेको बताइन्छ। यसका लागि नेपालका लागि अमेरिकाका पूर्वराजदूत डेलेसीले पनि आफ्नो पहुँच च्यानलाइज गरिरहेको सूत्रहरूले बताएका छन्।

अमेरिका नेपाललाई इन्डो–प्यासिफिक रणनीतिमा सहभागी गराउँन चाहन्छ।चीनसँग टक्कर लिन अमेरिकाले अघि बढाएको रणनीतिमा नेपाललाई सहभागी गराउँन अमेरिकामा जुनसुकै पनि सौदाबाजी गर्न तयार रहेको देखिन्छ। केही समयअघि नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई अमेरिकी समकक्षीले अमेरिकाको औपचारिक भ्रमण गराएर यस रणनीतिमा साझेदार बनाउँने प्रयत्न गरेका थिए।

चीन चिढिने डरले नेपाल इन्डो–प्यासिफिक रणनीतिमा सहभागी हुन हित्किचाइ रहेको बताइन्छ। अमेरिका विदेशमन्त्रालयका उच्च अधिकारीहरू सत्तारूढ दलका अध्यक्षसमेत रहेका प्रचण्डसँग उपराष्ट्रपति माइक पेन्सको भेट गराउन सके त्यस रणनीतिका लागि नेपाललाई तयार बनाउँन सकिने सोचाई रहेको छ। अहिले यही कोणबाट पेन्ससम्म कुरा पुगेको बताइन्छ।

नेपालको परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि विभिन्न च्यानलबाट भेटघाटका लागि प्रयत्न भैरेहेको बताए । तर, उनले अहिलेसम्म पनि त्यति माथिल्लो स्तरको भेटघाटका लागि ग्रीन सिग्नल आइनसकेको स्वीकारे। वेल्स वा फेल्टरले प्रचण्डलाई भेट्न चाहेको भए पनि उनी माथिल्लो तहकै भेटघाटका लागि इच्छुक भएको उनले बताए।

उता काठमाडौंमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भेट हुन सक्ने सम्भावना व्यक्त गरे। उनले भने माथिल्लो स्तरकै भेटद्दाटका लागि च्यानलहरू लागेका छन्। कुनै पनि समयमा भेट हुन सक्छ

वासिङ्टनस्थित नेपाली दूतावासका एक अधिकारीले भेटवार्ताका लागि समय मिलाउँन प्रयास भइरहेको बताए।

प्रकाशित मिति: : 2019-03-22 08:54:33

प्रतिकृया दिनुहोस्