बिएल संवाददाता
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनबिना रुससँग लड्न युक्रेनलाई कठिन हुने स्वीकार गरेका छन्।
ट्रम्पसँगको तनावपूर्ण वार्तापछि अमेरिकी टेलिभिजन फक्स न्यूजसँग कुराकानी गर्दै जेलेन्सकीले युक्रेनलाई रूसको ठूलो र राम्रो सशस्त्र सेनाविरुद्धको लडाइँमा वासिङ्टनको सहयोगको खाँचो रहेको बताए।
उनले अमेरिका र युक्रेनबीचको सम्बन्ध ‘दुई राष्ट्रपतिका लागि भन्दा माथि’ रहेको बताउँदै भने, ‘अमेरिका र ट्रम्पको समर्थन बिना यो यात्रा पक्कै कठिन हुनेछ।’
उनले अमेरिका र ट्रम्पसँगको आफ्नो सम्बन्ध अझै सुधार गर्न सकिने बताए। फक्स न्युजले ‘ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिन्छ?’ भनेर सोधेको प्रश्नमा जेलेन्स्कीले भने, ‘पक्कै पनि सकिन्छ।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले आफूहरूको समय खेर फालेकोमा माफी माग्नुपर्ने बताएपछि जेलेन्स्कीलाई फक्स न्युजले माफी माग्ने सम्भावना छ कि छैन भनेर सोधेको थियो।
जेलेन्स्कीले भने, ‘हामीले केही नराम्रो/गल्ती गरेका छौं जस्तो मलाई लाग्दैन।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया