मुलरले बुझाए प्रतिवेदन : भेटियो त रूसी संलग्नता ?

तस्वीर: गेट्टी इमेज

सन २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानमा रुसको संलग्नता भए नभएको जाँच गर्न बनेको समितिका विशेष अभियोजनकर्ता रवर्ट मुलरले आफ्नो प्रतिवेदन न्याय विभागलाई वुझाएका छन् ।

मुलरको प्रतिवेदनमा के छ भन्ने चाहिँ गोप्य नै राखिएको छ। मुलरलाई यो जाँच पूरा गर्न २२ महिना लागेको छ। राष्ट्रपति ट्रम्प र उनको रिपव्लिकन पार्टीले भने यो जाँचको बारेमा प्रश्न उठाउँदै आएका छन्। उनीहरु यो ट्रम्पलाई बदनाम गर्न जानाजान गरिएको चालवाजी ठान्छन् ।

महान्यायाधिवक्ता बर्रले प्रतिवेदनको कति र कुन हिस्सा संसद र सर्वसाधारणलाई उपलव्ध गराउने भन्ने बारेमा उपमहान्यायाधिवक्ता र अनुसन्धानकर्ता मुलरसँग सल्लाह गर्ने जानकारी दिएका छन्। उनले आफूलाई प्राप्त प्रतिवेदनका मुख्य बुँदाहरु यो सप्ताहान्तसम्म संसदमा पठाउँने बताएका छन्।

यसअघि मार्च महिनाको सुरुमा अमेरिकी संसदले मूलरको पुरै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। यो मामिलामा पूरै पारदरर्शिता अपनाइनुपर्ने र ह्वाइट हाउसले यसमा दखल गर्ने अनुमति दिन नहुने प्रस्तावमा उल्लेख थियो ।

प्रकाशित मिति: : 2019-03-23 07:00:57

प्रतिकृया दिनुहोस्