अमेरिकाले हटाउने भयो क्यानेडियन स्टिल र आल्मुनियममाथिको कर

अमेरिका क्यानडाबाट आयात हुने स्टिल तथा आल्मुनियममा लगाउँदै आएको अतिरिक्त कर हटाउन सहमत भएको छ ।

दुई देशबिच भएको पछिल्लो वार्तामा अमेरिकाले लगाउँदै आएको स्टिलको २५ प्रतिशत र आल्मुनियममाको १० प्रतिशत कर हटाउने सहमति जुटेको हो ।

वार्तापछि जारी संयुक्त वक्तव्यमा अमेरिकाले लगाउँदै आएको कर ४८ घण्टाभित्र हटाउने सहमति भएको उल्लेख छ । 

अमेरिका र क्यानडाबीचको व्यापार वार्तामा गतिरोध उत्पन्न भएपछि अमेरिकाले राष्ट्रिय सुरक्षाका लागि भन्दै स्टिल र आल्मुनियममा कर लगाएको थियो । 

क्यानडामा उत्पादन हुने स्टिल तथा आल्मुनियमको मुख्य बजार अमेरिका हो । 

प्रकाशित मिति: : 2019-05-18 11:49:57

प्रतिकृया दिनुहोस्