कामी पुगे २४औं पटक सगरमाथा शिखरमा, बनाए नयाँ विश्व कीर्तिमान

विश्व कीर्तिमानी आरोही कामी रिता शेर्पाले २४औ पटक सगरमाथा आरोहण गरी विश्वकीर्तिमान कायम गरेका छन्।

शेर्पाले नेपाली समयअनुसार मंगलबार विहान ६ बजेर ३८ मिनेटमा २४औ पटक सगरमाथा आरोहण गरी आफ्जै कीर्तिमान भंग गरेका हुन्। शेर्पाले यसअघि मे १४ मा २३औ पटक सगरमाथा आरोहण गरेका थिए

शेर्पाले यसअघि जेठ १ गते (मे १५) बुधबार ७.५० बजे २३औ पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए। ४९ बर्षिय शेर्पाको आरोहणसंगै फिल्मको सुटिङ पनि भैरहेको सगरमाथा आधार शिविरबाट फोटो पत्रकार विनोद अधिकारीले जानकारी दिएका छन्।

कामीले सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए।त्यसपछि उनले १९९७, १९९८, १९९९, २०००, २००२, २००३, २००४, २००५, २००६, २००७, २००८, २००९ मा सगरमाथा आरोहण गरेका थिए। सन् २०१० र २०१३ को एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेका शेर्पाले सन् २०१२ मा १९औं, सन् २०१६ २०औं र सन् २०१७ मा २१औ पटक सगमाथा आरोहण गरेका थिए।

प्रकाशित मिति: : 2019-05-21 08:27:12

प्रतिकृया दिनुहोस्