अमेरिकामा राष्ट्रपति ट्रम्पविरोधी न्यायाधीश निलम्वित

६ महिना बेतलबी निलम्बनमा परेका न्यायाधीश माइकल क्वान । तस्बिर : एजेन्सी

अमेरिकाको उटाह राज्यमा एकजना न्यायाधीश राष्ट्रपति ट्रम्पविरूद्ध प्रतिक्रिया दिएकोमा छ महिनाका लागि निलम्बनमा परेका छन्। विगत २० वर्षदेखि टेलर्सभिल म्युनिसिप्यालिटिका न्यायाधीश रहेका माइकल क्वानलाई त्यहाँको सर्वाेच्च अदालतले निलम्बन गरेको हो। उनीमाथि अदालत र सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पविरूद्ध अस्वभाविक प्रतिक्रिया दिएर उटाहको न्यायाधीशका लागि बनाइएको आचारसंहिता उलंघन गरेको आरोप लगाइएको छ। 

उनलाई छ महिनासम्म कुनै तलब नपाउने गरी निलमबन गरिएको हो। 

न्यायाधीश क्वानमाथि अदालत परिशरमा पनि राष्ट्रपति ट्रम्पलाई उडाउने गरी जोक्सहरू भनेको आरोप लागेको छ। उनले सन् २०१६ देखि नै आफ्नो सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्प विरोधी धारणाहरू राख्दै आएको प्रमाण पनि प्रस्तुत गरिएको छ। उनले राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस प्रवेश गर्ने संघारमा 'तानाशाहले शासन लिन लागेका छन्, स्वागत' लेखेका थिए। 

माइकल क्वान सुरूदेखि नै बोलीमा लगाम नलगाउने न्यायाधीशका रूपमा विवादित रहदै आएको देखिन्छ। 

 

प्रकाशित मिति: : 2019-05-26 22:41:47

प्रतिकृया दिनुहोस्