अमेरिकाको तल्लो सदनमा 'टीपीएसधारी' र 'डाका'का पक्षमा विधेयक पास

टीपीएस र डाकाका पक्षमा प्रदर्शनकारीहरू । तस्बिर : एपी

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले टीपीएसवाहकलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने विधयेक बहुमतबाट पारित गरेको छ । प्रस्तावको पक्षमा पक्षमा २३७ र विपक्षमा १८७ मत परेको छ ।

विधेयकले बाल्यकालमा अमेरिका आएका कागपत्रविहिनहरु पनि ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान सक्ने मार्गप्रशस्त गरेको छ। विधयेकमा बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिन बालवालिका र टीपीएस पाएकालाई १० बर्षको ग्रिनकार्ड र ग्रिनकार्ड पाएको ५ बर्षपछि अमेरिकी नागरिकताको बाटोमा लैजान मार्गप्रसस्त गर्नेछ । 

डेमाोक्रेट्सहरूको बहुमत भएको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा यो प्रस्ताव पारित भए पनि रिपब्लिकनहरूको बहुमत रहेको माथिल्लो सदन सिनेटमा यो प्रस्ताव प्रस्तुत हुने सम्भावना नै कम छ। भैहाले पनि पारित हुने सम्भावना न्युन छ। कथकदाचित पारित नै भैहाले भने पनि राष्ट्रपति ट्रम्पले बाँकि भिटो प्रयोग गरेर  निस्तेज बनाउने निस्तिज छ। 

यद्यपि यो प्रस्ताव पारित गरेर डेमाोक्रेटसहरूले आफू आप्रवासीका पक्षमा रहेको देखाउने अवसर पाएका छन्। यसले उनीहरूलाई सन् २०२० को  राष्ट्रपतिय चुनावमा पुरानै एजेण्डालाई मलजल गर्न काम दिन्छ। 

 

प्रकाशित मिति: : 2019-06-05 07:13:17

प्रतिकृया दिनुहोस्