अमेरिकालाई 'बेबकुफ' नसोच्न राष्ट्रपति ट्रम्पको भारतलाई चेतावनी

यही हो हार्ली डेविडसन जसका बारेमा ट्रम्पले मुख खोले । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको एक फोनको भरमा मोटरसाइकलमाथिको लगाइएको एक सय प्रतिशत कर ५० प्रतिशतमा झारेको बताएका छन् ।

उनले अमेरिकी टेलिभिजन च्यानल सीबीएसलाई सोमबार दिएको एक विशेष अन्तर्वार्तामा यस्तो जानकारी सार्जननिक गरेका हुन्। उनले अमेरिकी मोटरसाइकल हार्ले डेविडसनमाथि लगाएको करको प्रसंग उल्लेख गर्दै भने-  'भारतले हार्ले डेविडसन मोटरसाइकलमाथि लगाएको एक सय प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारे पनि त्यो अझै बढी छ ।'

उनले भारत हाम्रो असल मित्र हो भन्दै अगाडि भने- 'हामी उनीहरुको मोटरसाइकलमा कुनै कर लगाउँदैनौ भने हाम्रोमा किन कर लगाउने ? यो स्वीकार्य छैन ।’

उनले यही प्रसंगमा यसो पनि भने- ‘मेरो नेतृत्वमा रहेको अमेरिकालाई अब कसैले मुर्ख बनाउन सक्दैन। अमेरिका मूर्ख देश होइन ।’ 

भारतसँगको व्यापारमा अमेरिका वर्सेनी आठसय करोडको घाटा बेहोरिरहेको छ । राष्ट्रपति ट्रम्प यो घाटाको मुलकारण भारतमा अमेरिकी सामानमा बढी भन्सार लगाउनु हो भन्ने ठान्छन् । त्यसैले उनी हार्ली डबिडसनलाई शून्य भन्सारदरमा भारतीय बजारमा प्रवेश दिनुपर्ने माग गरिरहेका छन् ।

उता, भारतले भने आफ्नो हित हेर्ने अमेरिकाको हित नहेर्ने बताउँदै आएको छ । भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् - म आफ्नो राष्ट्रको हित जे गर्दा हुन्छ, त्यही मात्र गर्न सक्छु । मेरो काम अमेरिकाको हित हेर्ने हैन र कहिलै हुन सक्दैन ।'

प्रकाशित मिति: : 2019-06-12 07:07:01

प्रतिकृया दिनुहोस्