राष्ट्रपतिको उम्मेद्वारी घोषणा गरेको २४ घण्टामै ट्रम्पलाई २४.८ मिलियन चन्दा !

चन्दामा त ट्रम्पले बाइडेनलाई चारगुना पछि पो छोडे त ! तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेद्वारी घोषणा गरेको २४ घण्टामै २४.८ मिलियन अमेरिकी डलर चन्दा उठाएका छन् ।औसतमा उनको लागि घण्टाको एक मिलियनभन्दा बढी चन्दा उठेको छ । 

पहिलो २४ घण्टामा चन्दा उठाउने प्रतिस्पर्धामा उनले सम्भावित डेमोक्रेटिक प्रतिस्पर्धीलाई धेरै पछाडि छोडेका छन् । यस अवधिमा ६.३ मिलियन डलर उठाउने जो बाइडेन सबैभन्दा बढी उठाउने डेमोक्रेटिक आकांक्षी हुन् । उनको यो रकम ट्रम्पको तुलनामा चार गुना कम हो ।

अमेरिकामा चन्दालाई लोकप्रियताको एउटा आधार मानिन्छ । जो बढी लोकप्रिय हुन्छ, उसैले बढी चन्दा पाउँछ भन्ने ठानिन्छ । डेमोक्रेटिक प्राइमरीका लागि २४ प्रतिस्पर्धी भएकाले यो भनाई उनीहरूका लागि लागु भए पनि राष्ट्रपति ट्रम्पका लागि भने लागु हुदैन । किनभने, उनी रिपब्लिकन पार्टीका तर्फबाट एक मात्र उम्मेद्वार हुन् । 

अमेरिकामा राष्ट्रपति भएकामध्ये सबैभन्दा धनी भएकाले राष्ट्रपति ट्रम्पको संगत पनि धनीहरूसँगै हुन्छ, त्यसैले उनले स्वभाविक रूपमा बढी चन्दा पाउँछन् । यस अतिरिक्त बढी चन्दा पाउँनुको अर्को कारण उनी अमेरिका फस्ट भन्ने सोच भएका धनीहरूका उम्मेद्वार हुनु पनि हो । 

प्रकाशित मिति: : 2019-06-21 08:42:05

प्रतिकृया दिनुहोस्