अमेरिकाद्वारा इरानमाथि साइबर आक्रमण

इरानमाथि अमेरिकी साइबर आक्रमणको कारण । तस्बिर : एजेन्सी

अमेरिकाले इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको बताइएको छ ।

अमेरिकाका प्रायश: मूलधारका सञ्चारमाध्यमहरूले यो समाचारलाई महत्वका साथ सार्बजनिक गरेका छन् ।  

विहिबार गरिएको अमेरिकी साइबर हमला अमेरिकी ड्रोनलाई गोली हानी खसालेको र खाडीको जलक्षेत्रमा तेल ट्याङ्करमाथि आक्रमण भएपछि गरिएको हो ।

साइबर आक्रमणले इरानी कम्प्युटर प्रणालीलाई निश्चित अवधिको लागि अफ्लाइन तुल्याएर काम नलाग्ने तुल्याइदिएको बताइएको छ । तर, यसको अझै स्वतन्त्र पुष्टि भने भएको छैन ।

यसअघि अमेरिकाले इरानको तीन ठाउँमा गर्ने भनिएको हवाइ आक्रमण मानवीय क्षति हुने देखिएकाले अन्तिम समयमा रोकिएको राष्ट्रपति ट्रम्पले जनाएका थिए । 

 

प्रकाशित मिति: : 2019-06-24 00:03:01

प्रतिकृया दिनुहोस्