न्युयोर्कमा उद्धार गरिएका 'होमलेस' नेपालीका लागि उठ्यो लक्ष्यभन्दा बढी रकम

अमेरिकाको न्युयोर्कको ज्याक्सन हाइट्सस्थित सेभेन ट्रेन स्टेशनबाट उद्धार गरिएको एक बेवारिसे नेपालीका लागि चाहिएकोभन्दा बढी नै सहयोग उठिसकेको छ ।

६ हजार अमेरिकी डलर लक्ष्य राखेर खोलिएको गो फण्ड मीमा यो समाचार तयार पारिरहदा छ हजार ९७ डलर अमेरिकी डलर जम्मा भैसकेको छ । 

सेवा नै धर्म हो शीर्षक दिएर सञ्चालन गरिएको गो फण्डमी अभियानको लक्ष्य भेटिइसकेकाले थप सहयोग दिनका लागि मनकारीहओले जाँगर नलगाए जस्तो देखिन्छ । पहिलो दिन नै दुईसय २१ मनकारीले पाँचहजार चारसय ३९ अमेरिकी डलर सहयोग गरिसकेकोमा त्यसपछिको दुई दिनमा थप ३१ जनाले ६ सय ५८ डलर सहयोग गरेका छन् । 

सहयोग रकमको लक्ष्य भेटिसकेकाले अब उद्धारकर्ता सोनाम घिसिङ,  किरण नगरकोटी र राजन गुरुङले यो अभियान बन्द गरेर उनलाई नेपाल पठाउने व्यवस्था गर्नु नै उपयुक्त होला कि ? यसै पनि उद्धारकर्ताहरूले उनलाई एक साताभित्रै नेपाल पठाउने ब्यबस्था मिलाउने भनेर गो फण्ड मी अभियान सुरू गरेका थिए । 

नेपालको पोखरा घर बताइएका अन्दाजी ४० वर्षका क्षेत्री थरका उनी अमेरिकाको मेरिल्याण्डमा बस्दै आएको बताइएको छ । न्युयोर्कको ज्याक्सनहाइट्समा एकजना नेपाली युवाले नै मरणासन्न हुनेगरी कुटेपछि मानसिक सन्तुलन गुमाएका उनीसँग पासपोर्ट छ,  सोसल सेक्युरिटी कार्ड र स्टेट आईडी केही पनि नभएको बताइएको छ । 


कस कसले कति दिए सहयोग ? यस लिंकमा गएर हेर्न सकिन्छ ।

https://www.gofundme.com/f/sewa-nai-dharma-ho?fbclid=IwAR33GAk3H15zs7F21ijDZ7kWeklNL6EQHh7X9YIY13fuetyJ6xo8EeVH9Ek

 

प्रकाशित मिति: : 2019-06-24 06:54:10

प्रतिकृया दिनुहोस्