ह्याप्पी २४३औं बर्थडे अमेरिका !

ह्याप्पी २४३औं बर्थडे अमेरिका । तस्बिर : एजेन्सी

अमेरिकाले हर्ष बढाइका साथ आफ्नो २४३औं जन्मदिन मनाएको छ । यस अवसरमा राजधानी वासिङ्टन डिसी, कहिल्यै ननिदाउने न्युयोर्कलगायत मुलुकभरका विभिन्न राज्यका राजधानी र ठूला तथा साना सहरमा द स्टार स्प्याङ्गल्ड ब्यानर गुञ्जियो, आकास रंगिविरंगी आतासबाजीमा रंगियो र सारा अमेरिकीले भने- हयाप्पी बर्थडे अमेरिका । जुलाई ४ को रातभर अमेरिकामा यस्तै भयो । आज जुलाई ५ अमेरिका ढिलो उठिरहेको बेला यहाँ रहेका नेपाली भने विदा पारेर गरिने कार्यक्रमको तयारीमा जुटेका छन् ।

आज जुलाई ५ शुक्रबार । आज अमेरिकामा घामको पहिलो झुल्कोले विहानी त ल्याउँछ तर धेेरै अमेरिकीले त्यो विहानी भेट्दैनन् । जुलाई ४ को रातभरको जागा बसाइ र सेलेब्रेसनले जुलाई ५ को विहान नै हुदैन । अर्थात् जुलाई ५ को विहान धेरै अमेरिकीहरूको विहान हुदैन। 

त्यही विहान नहुने दिन अमेरिकाका नेपाली भने यही अवसर पारेर विभिन्न संघ संस्थाका साधारणसभा, वैठक, सेमिनारको आयोजना गरेर वार्षिक भेटघाट र बसिबियालोको तयारीमा जुटेका हुन्छन् । यही क्रममा आज अमरिकाको पूर्वीतटीय राज्य मेरिल्याण्डको बाल्टिमोरमा नेपाली नेसनल कन्भेन्सन २०१९  सुरू हुदैछ । एएनएन, आन्मा र आइएलएनएसले स्थानीय आयोजक बानासँगको सहकार्यमा आयोजना गर्ने यस सम्मेलनका लागि सबै तयार भैसकेका छन् ।

यही बेला उता पश्चिमतटीय राज्य क्यालिफोर्नियाको लसएन्जलसमा अर्को नेपाली संस्था एएनएसको प्रथम सम्मेलन आयोजना हुदैछ । त्यसको तयारी पनि पूरा भएको आयोजकले बताएका छन् ।

यसरी अमेरिकाको पूर्व र पश्चिमका नेपालीहरू आआफ्नो स्थानमा व्यस्त रहेकै बेला मध्यपश्चिमको शिकागोमा भने एनआरएन अमेरिकाको आठौ साधारणसभाको तयारी भैरहेको छ । जुलाई ६ र ७ मा आयोजना हुने साधारणसभाको तयारी पनि अन्तिम अवस्थामा पुगेको बताइएको छ । यसका लागि एनआरएनको विदाइ हुन लागेका र स्वागत पाउन लागेका दुबै कार्यसमितिका अधिकांश सदस्यहरू शिकागोमा भेला भएका छन् ।

 

प्रकाशित मिति: : 2019-07-05 19:35:24

प्रतिकृया दिनुहोस्