अमेरिकामा एक नेपाली बालकको शव छिमेकीको गाडीबाट बरामद : नेपाली समुदाय स्तब्ध

सर्वेश गुरूङ : मंगलबार दिउँसो हराएका थिए, बुधबार साँंझ छिमेकीको गाडीमा शव भेटियो । तस्बिर : गुरूङ परिवार

अमेरिकाको टेक्सास राज्यको डेन्टनमा एक दुई वर्षिय नेपाली बालक छिमेकीको गाडीभित्र मृत अवस्थामा भेटिएका छन् ।

मृत-वालकको नाम सर्वेस गुरूङ भएको र उनी सञ्जय गुरूङको छोरा भएको बताइन्छ । गुरूङ  सन् २००९ मा युनिभर्सिटी अफ नर्थ टेक्सासमा मास्टर डिग्री गर्ने क्रममा अमेरिका आएका गुरूङ त्यसयता टेक्सासको डेन्टनमा बस्दैआएका थिए । उनी अहिले त्यही विश्वविद्यालयबाट पीएचडी गरिरहेको बताइएको छ । 

स्थानीय नेपाली समुदायका एक अगुवाले बताएअनुसार मंगलबार दिउँसोदेखि हराएका बालक बुधबार साँझ छिमेकीको गाडीभित्र मृतअवस्थामा भेटिएका थिए । विदामा जान लागेका छिमेकीका बच्चाले गाडीभित्र मृत अवस्थामा बालकलाई भेटाएपछि प्रहरीलाई खबर गरिएको थियो । यसअघि नै मृतककी आमाले मंगलबार दिउँसै आफ्नो छोरा हराएको भनेर प्रहरीमा उजुरी गरेकी थिइन् ।

बच्चाको मृत्यु दुर्घटनावश भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएपको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार गाडीभित्र छिरेका बालक बाहिर निस्कन नसक्दा अत्याधिक तापक्रमका कारण मृत्यु भएको हुनसक्छ ।  

मृत्युको कारणबारे मेडिकल परिक्षण र विस्तृत अध्ययन भैरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: : 2019-07-06 08:21:23

प्रतिकृया दिनुहोस्