अमेरिकाको जनगणनामा नागरिकतासम्बन्धी प्रश्न नसोधिने : बढ्ला त नेपाली सहभागिता ?

अमेरिकामा संस्था संयोजनकारी हैनन्, विभाजनकारी छन् । यस्तोमा कसरी बढ्ला र नेपाली अमेरिकीको जनसंख्या ? प्रतिकात्मक तस्बिर ।

सन् २०२० मा हुने अमेरिकाको राष्ट्रिय जनगणनाका लागि जनगणना प्रश्नपत्र छाप्न सुरू गरिएको छ । राष्ट्रपति ट्रम्प के यो मानिस अमेरिकी नागरिक हो? भन्ने प्रश्न बिना नै जनगणना गर्न सहमत भएपछि प्रश्नपत्र छाप्न थालिएको हो ।  

जनगणनामा नागरिकतासम्बन्धी उक्त प्रश्न समावेश गर्ने राष्ट्रपति ट्रम्पको योजनालाई सर्वोच्च अदालतले गत जुनमा रोकिदिएको थियो । त्यसपछि राष्ट्रपति ट्रम्प त्यो प्रश्न राखेरै मात्र जनगणना गराउने अडानमा थिए । जसले गर्दा निर्धारित समयमा राष्ट्रिय जनगणना नै नहुने हो कि भन्ने आशंका बढेको थियो । 

अब त्यो प्रश्न बिना नै राष्ट्रिय जनगणना हुने भएकाले सन् २०२० को जनगणनामा आप्रवासी तथा अल्पङ्ख्यकको सहभागिता बढ्ने अपेक्षा गरिएको छ । यसबाट राष्ट्रिय जनगणनामा नेपालीको सहभागिता बढाउने अभियानमा लागेका नेपाली अभियन्ताहरूलाई पनि राहत मिलेको छ । 

यसैबीच राष्ट्रपति ट्रम्पले त्यो प्रश्नको उत्तर खोज्न एउटा छुट्टै कार्यकारी आदेश जारी गरेको जानकारी बाहिर ल्याएका छन् । उनको यो आदेशबाट सरकारी निकायले सबैको नागरिकतासम्बन्धी कागजात उपलब्ध गराउनुपर्ने हुन्छ ।

 

 

 

प्रकाशित मिति: : 2019-07-13 05:46:07

प्रतिकृया दिनुहोस्