अमेरिकाको आधाभन्दा बढी भागमा १०० नाघ्यो तापमान : गर्मीले लियो ६ को ज्यान

अमेरिकामा ज्यानमारा गर्मी : लियो ६ जनाको ज्यान । तस्बिर : एजेन्सी

अमेरिकाको आधाभन्दा बढी भागको तापक्रम १०० डिग्री फरेनहाइटभन्दा माथि पुगेको छ । अचाक्ली बढेको यो तापक्रमका कारण यो समाचार तयार पारून्जेलसम्म कम्तिमा पनि ६ जनाको मृत्यु भैसकेको बताइएको छ । मृत्यु हनेमा पूर्वी अमेरिकाको मेरिल्याण्डका ६ जना रहेका छन् भने मध्य अमेरिकाको अर्कान्सास र एरिजोनाका एक एकजना रहेका छन् । 

यो उखर्माउलो तातोले अमेरिकाको पूर्वी तथा मध्यक्षेत्रका झण्डै २० करोड मानिस प्रभावित भएका छन् ।  

पूर्वी न्युयोर्कलेखि मध्यपश्चिम मिनेसोटासम्म अत्याधिक गर्मी बढेको छ ।

यसैबीच न्युयोर्कमा आइतबारसम्मका लागि स्थानीय संकटकाल घोषणा गरिएको छ । मानिसहरूलाई आवश्यक काममा बाहेक घरबाहिर ननिस्कन चेतावनी दिइएको छ । यसैगरी बाल्टिमोर, वासिंटन डिसीलगायतका कैयन सहरमा आपतकालिन योजनाहरू घोषणा गरिएका छन् ।

उखर्रमाउलो गर्मीका कारण टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षणहरु देखिएका छन् । चिकित्सकहरूले त्यस्तो अवस्था देखिएका नजिकका अस्पतालहरूमा जानका लागि सल्लाह दिएका छन् । 

 

प्रकाशित मिति: : 2019-07-21 04:26:36

प्रतिकृया दिनुहोस्