एनआरएन आईडीको एक दशक : एक प्रतिशतले पनि लिएनन् कार्ड

एनआरएन आईडी : कसलाई चाहिएको छ र ? एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

गैरआवासीय नेपालीलाई 'एकपटकको नेपाली सँधैको नेपाली' बनाइराख्ने मध्यमार्गी उपायका रूपमा २०६६ सालमा सुरू गरिएको एनआरएन आईडीले एक दशक पूरा गरेको छ । तर, सुरूका दिनमा एनआरएन अभियानकै एक मानक उपलव्धीका रूपमा लिइएको एनआरएन आईडी लिनेहरूको संख्या आज हेर्यो भने स्थिति अत्यन्तै निराशाजनक देखिन्छ ।

नेपालीको घना बस्ती रहेको अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्यदूताबासबाट दुईसय ५० जनाले मात्र एनआरएन आईडी लिएको पाइएको छ । जबकि यहाँ मिनी नेपाल भनिने ज्याक्सन हाइट्स पनि छ र संसारकै राजधानी मानिने न्युयोर्कमा सबैभन्दा सचेत र चनाखो नेपाली डायस्पोरा पनि छ ।

न्युयोर्कमा मात्र कम्तीमा पनि ५० हजार नेपाली रहेको अनुमान गरिन्छ । यस वरिपरिका न्युजर्जी, पेन्सेल्भेनिया, कनेक्टिकट र म्यासाचुसेट्समा पनि हजारौ नेपालीको बसोबास छ । धेरै नेपाल आवतजावत गरिने सक्रिय नेपाली डायस्पोरो रहेको ठाउँको एनआरएन आईडी वितरणको यो अवस्थाले पक्कै पनि सुखद संकेत गर्दैन । न्युयोर्कको यसलाई नमूना मान्ने हो भने बाँकि विश्वको हालत सहजै अनुमान गर्न सकिन्छ ।

अब त नेपालको संविधानमै गैरआवासीय नेपाली नागरिकताको प्रावधान छ।त्यसका लागि एन कानुन बनाउने क्रम जारी छ। त्यसपछि त एनआरएन आईडी नै फेजआउट हुन्छ जसरी पेजरलाई मोबाइल फोनले फेजआउट गरिदिएको थियो।

पछिल्लो समय एनआरएन आईडी लिनेहरूको संख्या घटेको ट्रेन्ड देखिन्छ।नेपालले गैरआवासीय नागरिकता नै दिने भनेपछि यसको आकर्षण घटेको हुन सक्ने एकथरि एनआरएन विज्ञ बताउँछन्।अमेरिकी नागरिकता लिइसकेका रमेश तिवारी भन्छन्- नेपालले गैरआवासीय नागरिकता नै दिने भनेपछि यो परिचयपत्रको अर्थ छैन। त्यसैले जसले लिए लिए, नलिनेले लिन आवश्यक ठान्दैनन्।

एनआरएन आन्दोलनका अगुवाले नै परिचयपत्र लिन चासो देखाएका छैनन् । यसका लागि जति ठूलो लविङ भयो, त्यसअनुसार यसको माग भएन। उनले अगाडि थपे - 'अहिले जतिले लिएका छन् तिनीहरू मुलत: तीन गरि छन्- राजनीतिमा सक्रिय हुन खोज्ने, भिसा शुल्क नतिरी निशुल्क बस्न चाहने र जग्गाजमिन खरिद गर्ने उद्देश्य बोकेका । तर, यो संख्या पनि नगण्य छ ।' 

तर, अर्काथरि एनआरएनहरू गैरआवासीय नागरिकतासम्वन्धी विधेयक विवादमा परेकाले यसको माथापच्ची अहिले नै सकिने सम्भावना देख्दैनन्।त्यसैले यसको आवश्यकता अरू बढी पर्ने अनुमान लगाउँछन् । क्यानडाको नागरिकता लिइसकेका शरद उप्रेती भन्छन्- एनआरएनले भनेजस्तो नागरिकता पाउँन समय लाग्ने भएकाले त्यो सक्रमणका लागि पनि गैरआवासीय नेपाली परिचयपत्र' अझै केही समय उपयोगी हुन सक्छ ।

यता बेलायती नागरिकता लिइसकेका भरत इवाराम भने गैरआवासीय परिचयपत्रको खासै अर्थ देख्दैनन् । विदेशी पासपोर्टमा नेपाल गए पनि धेरैको नेपाली नागरिकता भैहाल्छ, त्यही देखाएर त्यहाँ जे जे गर्नुपर्ने काम गर्न मिलिहाल्छ, त्यसैले यो कार्ड नै चाहिदैन। तर, एनआरएन राजनीति गर्नेहरूलाई भने देखाउनकै लागि पनि यो चाहिन्छ। उनीहरूका लागि नेता हुने कार्ड जस्तो हो यो । 

विदेशमा बस्ने धेरैलाई त यस कार्डको बारेमा थाहा पनि छैन। अमेरिकाको हवाइमा बस्दै आएका महेश महर्जन भन्छन्- मलाई त यो कार्डका बारेमा थाहा नै थिएन । यहाँबाट अमेरिकी पासपोर्टमा उडे पनि नेपाल गएपछि त्यहाँको नागरिकता देखाएपछि नेपालीले पाउँने सबै सुविधा पाइहालिन्छ। यो किन लिनु पर्यो र ? उनले अहिले चाँहि थाहा पाएका छन् तर पनि उनी यो लिन आवश्यक ठान्दैनन्- 'यो लिन पाँचसय अमेरिकी डलर तिर्नुपर्ने राजदूताबास भएको ठाउँ वासिङ्टन डीसी वा महावाणिज्यदूताबास भएको ठाउँमा प्रक्रिया पूरा गर्न अरू थप खर्च पनि गर्नुपर्नेलगायतका झन्झट रहेछ। त्यसैले मैले यस बारेमा सोच्न नै छोडे ।'

परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्- एनआरएन आन्दोलनका अगुवाले नै परिचयपत्र लिन चासो देखाएका छैनन् । यसका लागि जति ठूलो लविङ भयो, त्यसअनुसार यसको माग भएन। उनले अगाडि थपे - 'अहिले जतिले लिएका छन् तिनीहरू मुलत: तीन गरि छन्- राजनीतिमा सक्रिय हुन खोज्ने, भिसा शुल्क नतिरी निशुल्क बस्न चाहने र जग्गाजमिन खरिद गर्ने उद्देश्य बोकेका । तर, यो संख्या पनि नगण्य छ ।' 

नेपालीको घना बस्ती रहेको अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्यदूताबासबाट दुईसय ५० जनाले मात्र एनआरएन आईडी लिएको पाइएको छ । जबकि यहाँ मिनी नेपाल भनिने ज्याक्सन हाइट्स पनि छ र संसारकै राजधानी मानिने न्युयोर्कमा सबैभन्दा सचेत र चनाखो नेपाली डायस्पोरा पनि छ ।

के हो गैरआवासीय नेपाली परिचयपत्र ?

विदेशमा बस्ने नेपाली अगुवाहरू सन् २००३ देखि नै एकपटकको नेपाली सधैंको नेपाली नाराका साथ दोहोरो नागरिकता अभियान चलाउँदै आएका छन् । नयाँ संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भएसँगै यो एउटा विन्दुमा आइपुगेको छ । तर, त्यसअघि गैरआवासीय नेपाली परिचयपत्रमा आएर यो अडिएको थियो ।

सरकारले सार्क मुलुकबाहेक अन्य मुलुकमा कम्तिमा पनि दुई वर्ष बसेर कुनै पेशा व्यवसाय गरेको मान्छे (विद्यार्थी र नेपाल सरकारको नियोगमा कार्यरत् नभएको) लाई एनआरएन मानेको छ । उसले एनआरएनलाई दुई खाले बनाएको छ-
१. नेपाली नागरिकता नै कायम राखेर नेपाली पासपर्टमै यात्रा गर्नेहरू २. विदेशी नागरिकता लिइसकेका नेपाली मुलमा व्यक्तिहरू ।

नेपाल सरकारले यी दुईखाले एनआरएनका लागि छुट्टाछुट्टै खालका एनआरएन परिचयपत्रहरू बनाएको छ । नेपाली नागरिकता कायम राखेका एनआरएनका लागि परिचयपत्र नम्बर, बाहकको तस्बीरसहित नाम थर, बसोबास गरिरहेको मुलुक र ठेगाना, (विदेशमा) स्थायी बसोबास गर्न सुरु गरेको मिति, पेसा/व्यवसाय, राहदानी नम्बर, परिचयपत्र मान्य रहने अवधिलगायत विवरण समेटिएको छ ।

तर, विदेशी नागरिकता लिइसकेकाका हकमा भने परिचयपत्र नम्बर, बाहकको तस्बिरसहित नाम थर, (हाल) बसोबास गरिरहेको मुलुक र ठेगाना, नेपालको स्थायी ठेगाना, नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी नम्बर र परिचयपत्र मान्य रहने अवधिलगायत विवरण रहेको छ ।

दुवै किसिमको परिचयपत्रमा विवरण नेपाली र अंग्रेजी दुवै भाषामा हुनेछ । परिचयपत्र नेपाली मूलको विदेशी नागरिक भए बढीमा १० वर्ष र विदेशमा बस्ने नेपाली नागरिक भए दुई वर्षसम्म मान्य रहनेछ ।

एनआरएन दर्ताका लागि नेपालमा एकहजार पाँच सय र विदेशमा २० अमेरिकी डलर तिर्नुपर्छ । परिचयपत्रका लागि भने युरोप, उत्तर तथा दक्षिण अमेरिका महादेशका सबै देश, अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान र कोरियाका नेपाली मुलका विदेशी नागरिकले पाँचसय अमेरिकी डलर तिर्नुपर्छ भने बाँकि देशकाले दुईसय ५० अमेरिकी डलर तिरे पुग्छ । नेपाली नागरिकता नै कायम राखेका एनआरएनका लागि भने जहाँका भए पनि ५० डलर तिरे पुग्छ ।

एनआरएन आइडी कार्ड भएकाले काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी, तराईका नगरपालिका क्षेत्रभित्र बढीमा आठ कठ्ठा र अन्यत्र चार रोपनीसम्म घरजग्गा किन्न पाउँछन् । तराईका गाविसमा एक बिघा र अन्यत्र १० रोपनीसम्म किन्न सकिन्छ ।

 

के सुविधा पाइन्छ यो कार्डले ? 

एनआरएन कार्ड लिने नेपाली मुलका विदेशी नागरिकलाई नेपालमा कम्पनी खोली प्रत्यक्ष लगानी गर्दा सहुलियत दिनुका साथै आवास प्रयोजनका लागि सीमित घरजग्गा खरिद र एकपटकमा १० वर्षसम्म निःशुल्क भिसालगायत सुविधा उपलब्ध हुने छ ।

यसअनुसार काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी, तराईका नगरपालिका क्षेत्रभित्र बढीमा आठ कठ्ठा र अन्यत्र चार रोपनीसम्म घरजग्गा किन्न पाउँछन् । तराईका गाविसमा एक बिघा र अन्यत्र १० रोपनीसम्म किन्न सकिन्छ ।

 

 

प्रकाशित मिति: : 2019-07-28 05:13:38

प्रतिकृया दिनुहोस्