मालिक नै बनाइन्छ 'मुसा' - यो हो अमेरिकी विरोधको शैली !

मालिकलाई नै मुसा बनाइने विरोधको यो शैली । तस्बिर : सन्जोक आचार्य

नेपालमा कुनै कम्पनीले कर्मचारीलाई समयमा तलब दिएन, बोनस बाँडेन र वृतिविकासमा ध्यान दिएन भने के गरिन्छ ? यस प्रश्नको उत्तर सजिलो छ- कर्मचारी युनियनले कार्यालय बन्द गर्छ । हड्ताल गर्नेदेखि कम्पनीको सञ्चालकलाई नै कालोमोसो दल्नेसम्मको क्रियाकलाप हुन्छ । कर्मचारी कामकाज नै छोडेर हिड्छन् । कम्पनी नै बन्द गरिन्छ र अदालतमा मुद्दा हाल्ने काम हुन्छ । त्यसमाथि थप राजनीति पनि सुरू हुन्छ ।

तर, अमेरिकामा त्यसो गरिदैन । यहाँ विरोधका अनेक शालिन र शान्त तरिका अपनाइन्छन् । त्यस्तै एउटा तरिका हो- कम्पनीको मालिकलाई मुसाको संज्ञा दिदै कम्पनी अगाडि ठुलो मुसा राखेर सांकेतिक प्रदर्शन गर्ने ।

यो पनि हेर्नुहोस् - 

अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण।

न्युयोर्कको म्यानह्याटनमा सीआईएम कम्पनीको ढोका अगाडि यस्तै दृश्य देख्न सकिन्छ । कर्मचारीले ढोका अगाडि ठूलो मुसा तेर्स्याएर विरोध प्रदर्शन गरेका छन् । तर, कामलाई निरन्तर , कुनै वाधा पुर्याएका छैनन् ।

अमेरिकाको न्युयोर्कमा विरोध प्रदर्शनको लोकप्रिय तरिका हो यो । पिगी एण्ड माइन ओ कोनरले  सन् १९७६ मा सुरू गरेको यो शैली अहिले पनि जारी छ । यो मुसाको डिजाइन भने बिग स्काई बेलुन्स एण्ड सर्चलाईट इन्टरनेशनलले गरेको थियो ।

विरोध प्रदर्शनका लागि ६ फुटदेखि २५ फुटसम्मको मुसा राखिन्छ । तर, यसको मूल्य भने अलि चर्कै छ । यो खास डिजाइनको मुसाको मूल्य दुई हजारदेखि ९ हजार डलरसम्म पर्छ ।

प्रकाशित मिति: : 2019-08-02 04:31:59

प्रतिकृया दिनुहोस्