अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच फोनवार्ता : यी थिए एजेण्डा !

अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच फोनवार्ता । एक प्रतिकात्मक तस्बिर : रोयटर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । उनीरुबीच टेलिफोन बार्ता भएको ह्वाइट हाउसले बुधबार एक विज्ञप्तीमार्फत् जनाएको छ । 

उनीहरूबीच द्विपक्षीय व्यापार र रुसको साइबेरियामा लागेको भीषण डढेलोको विषयमा वार्ता भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीका अनुसार राष्ट्रपति ट्रम्पले साइबेरिया र सुदूर पूर्वी क्षेत्रमा लागेको भीषण डढेलोप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए । साथै दुबै मुलुकबीचको व्यापारका विषयमा पनि छलफल भएको थियो ।

उता, क्रेमलिनले पनि बुधबार अबेर राति दुई नेताबीच टेलिफोन वार्ता भएको पुष्टि गरेको छ ।

अमेरिकामा आगामी राष्ट्रपति चुनावका डेमोक्रेटिक आकांक्षीबीच दोस्रो चरणको अन्तिम प्रेसिडेन्सियल डिबेट भैरहेको बेला भैरहेको यो वार्ताका एजेण्डाका बारेमा परस्पर विरोधी धारणा सार्वजनिक भएका छन् । ह्वाइट हाउसले  द्विपक्षीय व्यापार र रुसको साइबेरियामा लागेको भीषण डढेलोको विषयमा वार्ता भएको भने पनि डेमोक्रेटहरूले त्यो कुरा पत्याएनन् । उनीहरूले सन् २०१६ को पुटिन सहयोगका लागि धन्यवाद दिन र सन् २०२० का लागि सहयोग याचनाका लागि वार्ता भएको आरोप लगाएका छन् । 

प्रकाशित मिति: : 2019-08-02 06:16:40

प्रतिकृया दिनुहोस्