फर्किए माधव नेपालका बहिनी-ज्वाइँ, अब पालो कस्का भाञ्जा-भाञ्जीको ?

वासिङ्टन डीसीमा चार वर्षे इकोनोमिक काउन्सिलरको पदावधि पूरा गरी फर्कदै कैलाश पोखरेल साथमा परिवारका सदस्य । तस्बिर : वसुधा नेपाल पोखरेलको फेसबुक ।

नेपालका पूर्वप्रधानमन्त्री माधव नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेल चारवर्षे कार्यकाल सकेर सपरिवार नेपाल फर्कीएका छन् । उनी अमेरिकाका लागि नेपालको राजदूतावास वासिङ्टन डीसीमा पहिलो इकोनोमिक काउन्सिलर भएर आएका थिए । परराष्ट्र मन्त्रालयमा बार्गेनिङ चिप्सका रूपमा थपिएको इकोनोमिक काउन्सिलरमा अर्थ मन्त्रालयका उपसचिव पोखरेलभन्दा योग्य अरू कोही भएन।

योग्य त उनीभन्दा अरू पनि  थिए होलान् तर अरू कोही पनि माधव नेपालका बहिनी ज्वाइँ थिएनन् । त्यसैले कैलाश पोखरेल माधव नेपालकी कान्छी बहिनी वसुधाका साथ वासिङ्गटन डीसीमा आएका थिए। पाेखरेलसँगै पछि लागेर छोरा डाक्टर अंकित र बुहारी डाक्टर मेरिना पनि आएका थिए ।

माधव नेपाल आफ्नालाई पद दिन यसअघि पनि 'नामी' छन् । उनले आफ्ना भाइहरूलाई पनि राम्रै ठाउँमा नियुत्ति दिलाएका थिए। 

यो पनि हेर्नुहोस् है !
अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण

 

यसो भन्दा अप्रिय लाग्न सक्छ- तर नेपालमा अपवाद छोडेर योग्य हुन नातावाद, कृपावाद, फरियावाद र दलबाद नै मेरिटोक्रेसी हो । राणा शासनमा यही थियो,  पञ्चायतमा पनि यही थियो भनेर प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र पनि ल्याइयो । तर, जे जे तन्त्र ल्याए पनि जहाँनिया तन्त्र नै आएको छ । अझ कम्युनिष्ट नेतालाई हेर्ने हो भने त जग हसाउँने काम नै हुन्छ । 

 ल ठीक छ मानीलिउ कैलाश पोखरेल सर्वश्रेष्ठ थिए रे- वासिङ्टन डीसीस्थिति दूतावासको इकोनोमिक काउन्सिलर बन्नलाई । गरे के त, यो चार वर्षमा उसाे भए ? आर्थिक कूटनीतिमा के योगदान पुर्याए ? नेपाल-अमेरिका ब्यापारमा योगदान पुर्याए कि ? नेपाली उत्पादनको अमेरिकामा निर्यात-ग्राफ पो बढाए कि ? गरे के ? 

प्रश्न उठ्छ- कैलाश पोखरेल माधव नेपालको बहिनी-ज्वाइँ हुनु अपराध हो ? हैन, कसले भन्यो र त्यसो । तर, त्यही भएकै आधारमा आफूभन्दा योग्य र अवसर नपाएकालाई पाखा लगाएर आफू बसुधाको साइनो लगाएर पद लिनुचाँहि अपराध हो । उनको वायोडाटा हेर्यो भने गतिलै ठाउँमा मात्रै पोष्टिङ भएको देखिन्छ । र, यी सबै गतिला अवसर माधव नेपाल शक्तिमा हुँदा नै उपलव्ध भएका छन् ।

ल ठीक छ मानीलिउ कैलाश पोखरेल सर्वश्रेष्ठ थिए रे- वासिङ्टन डीसीस्थिति दूतावासको इकोनोमिक काउन्सिलर बन्नलाई । गरे के त यो चार वर्षमा त्यसो भए ? आर्थिक कूटनीतिमा के योगदान पुर्याए ? नेपाल अमेरिका ब्यापारमा योगदान पुर्याए कि ? नेपाली उत्पादनको अमेरिकामा निर्यातको ग्राफ पो बढाएकि ? गरे के ? 

यो पनि हेर्नहुोस्
आत्मियता छ र त जीवन सुन्दर छ ।

धेरैलाई त वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा इकोनोमिक काउन्सिलर भन्ने पद छ भन्ने पनि थाहा भएन । त्यो पदमा कैलाश पोखरेल छन् भन्ने कुरा त धेरै टाढाको कुरा भयो । 

उनी फर्कने बेलामा एउटा प्रोफाइल भने बढेको प्रष्टसँग देखियो- इकोनोमिक काउन्सिलर, नेपाली दूताबास युएसए । योभन्दा बढी उनी आयाराम, गयाराम र कैलाशराम नै भए । 

अब त्यो पदमा को आउलान् ? यो प्रश्नको उत्तर पनि सहज छ- पहिला माधव नेपालका बहिनी-ज्वाईं आए, अब कुनै अर्का भीभीआइपीका भाञ्जा-भाञ्जी, साला-साली वा यस्तै कोही त आउने हुन् । अरू सामान्य मानिसका बहिनी-ज्वाइँलाई जुर्ने हैन होला त वासिङ्टन डीसीको इकोनोमिक काउन्सिलर? 

 

 

 

प्रकाशित मिति: : 2019-08-03 08:05:10

प्रतिकृया दिनुहोस्