अमेरिकाको ओहायोमा पनि मास सुटिङ : नौजना मारिए, १६ घाइते

ओहायोको डेन्टन पनि मास सुटिङको मारमा : नौ मारिए, १६ घाइते । तस्बिर : वासिङ्टन पोस्ट

अमेरिकाको ओहायो राज्यको डेटनमा पनि मास सुटिङ भएको छ । सहरको डाउन टाउनमा रहेको प्रख्यात नेड पेपर्स बार अगाडि एक बन्दुधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा ९ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

मास सुटिङ मध्यरातको एक बजे भएको थियो । 

प्रहरीले जवाफी कारबाही गर्दा बन्दुकधारी पनि मारिएको प्रहरीले जनाएको छ ।

गोलीको आवाज सुनिएसँगै बारमा भागदौड सुरू भएको थियो ।  ्

डेटनमा मास सुटिङ भएको १३ घण्टा अगाडि मात्र टेक्सासको एल पासोमा भएको अर्को मास सुटिङमा कम्तिमा पनि २० जना मारिएका थिए भने २६ जना घाइते भएका थिए । 

यो पनि हेर्नुहोस् 

दैवी प्रकोप उद्धार कोष स्थापना

अमेरिकाको दुई फरक राज्यमा एकै दिन भएका मास सुटिङका घटनामा २९ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । अमेरिकीहरूले यस दिनलाई कालो दिनको संज्ञा दिएका छन् । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विट गर्दै घटनाका बारेमा एफबीआईले अनुसन्धान जारी राखेको बताएका छन् । 

यो पनि हेर्नुहोस् 

कालिकोटमा साँच्चैको नमूना स्कुल

प्रकाशित मिति: : 2019-08-04 20:32:56

प्रतिकृया दिनुहोस्