सोमालियाका उप महान्यायाधिवक्ताको हत्या

COURTESY PHOTO

सोमालियाको राजधानी मोगादिशुमा दुई सशस्त्र व्यक्तिले उप महान्यायाधिवक्ताको हत्या गरेका छन्। उपमहान्यायाधिवक्ताले सवारी साधन चलाइरहेका बेला गोली प्रहार भएको र लगत्तै उहाँको निधन भएको अधिकारीहरुले बुधबार बेलुका जानकारी दिएका छन्।

एक जना प्रहरी अधिकृत हसन गेल्लेका अनुसार मोगादिशुको होडान जिल्लाको सिगाल भन्ने ठाउँमा उपमहान्यायाधिवक्ता मोहम्मद मुर्सलको हत्या भएको हो। “हतियारधारी व्यक्तिले उपमहान्यायाधिवक्तालाई गाडी रोक्न आदेश दियो, अनि गोली प्रहार गरेर हत्या गरे,” गेल्लेले पत्रकारहरुसँग भताएका छन।

उहाँका अनुसार हत्या गरेपछि उनीहरुले मुर्सल र उहाँको गाडीलाई बेवारिसे अवस्थामा छाडेर भागेका थिए। घटना भएको केहीसमयपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो। अलकायदा आवद्ध अल शबाब समूहले मुर्सलको हत्या गरेको जिम्मेबारी लिएको छ। हत्याको कारण भने नखुलाएको समाचारमा जनाइएको छ।  उनको आमाको पनि हतियारधारीहरुले हत्या गरेका हुन्।

सन् २०१७ को सेप्टेम्बर २७ तारिखका दिन उनकी आमा अनाब हासीको हत्या गरेका थिए । उनी राष्ट्रिय महिला संगठनको महासचिव थिइन।

प्रकाशित मिति: : 2019-02-22 22:37:57

प्रतिकृया दिनुहोस्