कथा लेखिएको पुस्तकको त्याे कथा

बिएल संवाददाता

शिलोङ, मेघालय (भारत), ५ पुस

सन् १९८३ मा मैले आफ्नाे पहिलाे उपन्यास विगतको परिवेशभित्र बनारसमा छपाउँदा पेन्सनबाट आएकाे सबै पूँजी खर्चेकाे थिए। म त्यति बेला बडाे उत्साही थिए। तर, मेराे उत्साह धेरै दिन टिकेन्। पुस्तककाे मूल्य राखिएकाे थियाे, २० रुपैयाँ। मलाई लागेकाे थियाे, आफ्नाे गाउँ परिवेशलाई लिएर लेखिएकाे हुनाले उपन्यासले राम्रै बजार पिट्ला?

तर, भयाे उल्टाे। पुस्तक प्रकाशित भएपछि किनिदिने काेहीँ भएन्। आफ्नै समाजका मानिस पनि अनुदार भए। व्यक्तिगत चिनजानकाे आधारमा केही पुस्तक त बिक्रि भयाे। तर, समग्रमा निरासा हात लाग्याे। 

सन् १९८६ मा मैले ४ सय पुस्तक एकै पल्ट जलाइदिए। यी पुस्तक मैले निराश भएर जलाएको पक्कै होइन, साहित्यप्रति समाजको दृष्टीकाेण र चरित्रलाई उजागर गर्न पनि मैले यसो गरेको हुँ।

मैले नेपाली भाषा र साहित्यका लागि राम्रो गर्ने प्रयास गरे। तर, नेपाली समाजले बुझेन्। समाजले मलाई उति बेलै चिनेको भए सम्भवत अहिले सयभन्दा बढी किताब लेखिसकेकाे हुने थिए। 

साहित्य अकादेमीको सौजन्यमा सन् १९९२ मा मुम्बई डुल्न जाँदा  जल्नबाट जोगिएकाे उपन्यासको दुईप्रति मैले आफूसँगै लिएर गएकाे थिए। एकप्रति मुम्बईको एक संस्थालाई उपहार स्वरुप दिए भने अर्कोप्रति प्रसिद्ध गायक उदितनारायण झालाई। 

मेराे पहिलाे उपन्यास सार्वजनिक भएकाे ३५ वर्ष पुरा भइसकेकाे छ। तर, यस अवधिमा अहिलेसम्म भारतेली नेपाली लेखकले, यसको समालोचना गरेका छैनन्।

सन् १९८३ मा गुवाहाटीबाट नेपाल पुगेका अभिनाश श्रेष्ठले गुवाहाटीमा हुँदा हेम जोशीद्वारा सम्पादित अछेता पत्रिकामा सानाे भएपनि लेख छापेका थिए। यही साल गोविन्दसिंह रावतले पनि अछेता पत्रिकामै मेराे उपन्यास शिलोङको फोटो कपी हाे भनेर राम्रो समालाेचना गरेका थिए।

तर, याे लेख उनले  भारतमा बसेर नभई नेपालबाट लेखेका थिए। रावत मूलत शिलोङ निवासी हुन्। उनी नेपालीमा एमए गर्न काठमाडौँ पुगेको बेला मेराे उपन्यासकाे समालाेचना गरेका हुन्। हाल उनी क्यानडामा बसाेबास गर्छन्। 

आसाममा बसाेबास गर्ने दिदीकहाँ सन् १९८३ तिर भाइटीका मनाउन जाँदा मैले उपन्यासकाे केही कपि साथै लगेकाे थिए। त्यति बेला गुवाहाटीको पल्टन बजार नेपाली मन्दिरको नजिकै कृष्ण क्षेत्रीको पुस्तक पसल थियाे।

नाम पनि हुने र दाम पनि कमाइने उद्धेश्यले मैले कृष्ण भाईलाई ५ प्रति पुस्तक आफ्नाे पसलमा बिक्रिका लागि राखिदिन  अनुराेध गरेकाे थिए। मेराे प्रस्ताव उनले स्विकार पनि गरेँ। ठूली भाञ्जीकी नन्द पूर्णिमालाई पनि एकप्रति उपहार दिएकाे थिए।

पूर्णिमा लेखिका होइनन्, न उनी समालोचिका नै हुन्। म शिलोङ फर्केपछि उनले मलाई चिट्ठी पठाइन्, उपन्यासकाे विषयमा मर्मस्पर्शी टिप्पणीसहित। 

दिदीकहाँ हुँदा म कृष्ण भाईको पसल पुगिरहन्थे। मलाई देखेपछि उनी बुझिहाल्थे र उत्तर दिन्थे– दाई पुस्तक बिक्रि भएको छैन।

मेराे पुस्तक सबैले देखून् र किनून् भनेर उनी पसलकाे बाहिर उपन्यासकाे कपि झुन्ड्याउँथे। धेरै वर्षपछि तीनप्रति कपि बिक्रि भयाे। दुई वटा भने बिक्रि नै भएन।  धेरै वर्ष पसलकाे बाहिर पुस्तक  झुण्डिएकोले हाेला, कभर पेजको चित्र पनि पुरानो भइ रंग उडेर फुस्रो न फुस्रो भइसकेकाे थियाे।

आफ्नाे पुस्तककाे अवस्था हेर्दा मलाई निकै चित्त दुख्थ्याे। केही वर्षपछि मैले बाँकी रहेकाे दुईप्रति कपि फर्ता ल्याए। भाईले बिक्रि भएको तीनप्रतिको रकम उपलब्ध गराए। 

हिन्दु समाजमा एउटा प्रचलित मान्यता छ– मानिस मरेपछि ८४ जुनीमा फन्काे मार्छ र फेरि मानवकाे चाेलामा फर्किन्छ। यसकाे अर्थ हो – पुनर्जीवन। 

हो, मेराे पहिलाे उपन्यास पनि आत्महत्याकाे चरणबाट गुज्रियाे। केही वर्षअघि गुवाहाटी विश्वविद्यलयमा नेपाली विषय अन्तर्गत एमएकाे काेर्षमा मेराे यही उपन्यास पढाई हुन थाल्याे। यसपछि मलाई पनि लाग्याे, मेराे साहित्यले पुनर्जीवन पायाे।

यो मेरो मात्र कथा होइन। पूर्वाञ्चलमा हाम्रो समाजभित्र लेखकको रुपमा जन्मिने सबैको कथा हो।

प्रस्तुतिः जीवन सम्राट

प्रकाशित मिति: : 2019-12-22 05:53:00

प्रतिकृया दिनुहोस्