पञ्चेबाजामा जम्दै महिला

यलु जोशी

काठमाडौँ, 22 डिसेम्बर 2019

‘टुङ टुङ... पाखुम... पाखुम, टुङ टुङ ... झ्याइँ..झ्याइँं’को तालमा ताल दिँदै सहनाइको सुरिलो लय त्यसपछि ढोलकी, ट्याम्कोे, दमाहा, नरसिङ्गालगायतका बाजा बजाउँदै गरेका महिलाको समूह देख्दा माहोल नै रमणीय हुन्छ ।
आकाशतिर फर्काएर अर्नाका सिंह आकारका नरसिङ्गा तुतु... धुतु... धुई...इ गर्ने महिला देखेर सबै छक्क नै पर्ने गर्छन् । नेपाली समाजमा प्रायः बाजा बजाउने पेसामा पुरुष नै अगाडि देखिन्छन् । त्यसमाथि पनि प्रायः दलित समुदाय र त्यसमा पनि दमाई जातिका मानिसको नै वर्चस्व छ । महिलाले बाजा छुन पनि हुन्न भन्नेहरूका लागि उदाहरण बन्न सफल भएको छ– महिला नौमती बाजा समूह । बिहेको लगनको महिना महिला समूहलाई बाजा बजाउने काममा भ्याइ नभ्याइ हुन्छ ।

प्रकाशित मिति: : 2019-12-22 21:43:37

प्रतिकृया दिनुहोस्