आलियाका कारण कियाराले आफ्नो नाम परिवर्तन गर्नुपर्यो

जब म विमानस्थल पुग्छु कर्मचारीले पासपोर्टमा मेरो नाम हेरेर प्रश्न गर्ने गर्छन–तपाईको नाम कियारा होइन?’

बलिउडमा प्रायः ट्रेडिङमा आइरहने नायिका हुन्, कियारा आडवाणी। उनीसँग जोडिएको एउटा रोचक तथ्य छ। किरायाको खास नाम आलिया आडवाणी हो। तर, आलिया भट्टका कारण उनले आफ्नो नाम परिवर्तन गरेकी हुन्। 

किरायाको मल्टी स्टारर फिल्म ‘गुड न्युज’ रिलिजको तयारीमा छ। उनको पासपोर्ट र आधार कार्ड पनि आलिया आडवाणीको नामबाटै बनेको छ। सलमान खानले उनलाई नाम परिवर्तन गर्ने सुझाव दिएका थिए। बलिउडमा आलिया नामका दुई नायिका हुने हुँदा सलमानले यस्तो सुझाव दिएका हुन्। 

कियाराले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘विदेश जानका लागि जब म विमानस्थल पुग्छु कर्मचारीले पासपोर्टमा मेरो नाम हेरेर प्रश्न गर्ने गर्छन–तपाईको नाम कियारा होइन?’

यसै कारण आफू पासपोर्ट र आधारकार्डमा नाम परिवर्तन गर्ने सोचमा रहेको बताइन्। कियाराले इन्स्टाग्राममा आफ्नो नाम कियारा आलिया आडवाणी राखेकी छिन्। डिसेम्बर २७ मा अक्षय कुमार, करिना कपुर, दिलजीत दोसांक्षसँगै उनी पर्दामा देखा पर्दैछिन्। 
 

प्रकाशित मिति: : 2019-12-23 02:51:41

प्रतिकृया दिनुहोस्