न्यायपरिषद्‌को बैठक बुधबार बस्दैछ: को-को छन् सिफारिस सूचीमा?

फाइल तस्बिर: बिएल

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको सिफारिस गर्न न्यायपरिषद्‌को बैठक बुधबार बस्दैछ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा बस्‍न लागेको बैठकले न्यायाधीश नियुक्तिको टुंगो लगाउनेछ।

सर्वोच्चमा रिक्त एक न्यायाधीश पदमा नियुक्ति पाउने आसमा न्यायपरिषद्कै सदस्यले राजीनामा दिएपछि विवाद भएको थियो।

परिषद्का सदस्य पदम वैदिकले गत एक साताअघि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका थिए। न्यायाधीश सिफारिसको संभावित सूचीमा उच्च अदालतका मुख्य न्यायाधीशद्वय हरिकुमार पोखरेल र कुमार चुडाल, अधिवक्ता डा डिल्लीमणी पोखरेल र पदम वैदिक रहेका छन्।

प्रकाशित मिति: : 2019-12-11 15:45:50

प्रतिकृया दिनुहोस्