छिट्टै गुठी विद्येयक अघि बढाउँछु: मन्त्री अर्याल

फाइल तस्बिर: बिएल

भुमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विद्येयक अघि बढाईने बताएकी छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले गुठी विद्येयक अघि बढाउनेबारे तयारी भएको बताउनुभयो । उहाले गुठीलाई समृद्ध बनाउनु आजको आवश्यकत्ता भएको पनि भन्दैसंविधानले निर्देशन गरेबमोजिम नै सरकार अघि बढ्ने स्पष्ट पारे।

सरकार, सरोकारवाला र विज्ञहरुबीच व्यापक छलफल तथा परामर्श गरेर सहमतिको दस्तावेजको रुपमा विद्येयक ल्याईनेपनि उनको भनाई छ। अहिलेपनि दर्जनभन्दा बढि विद्येयक तथा कानूनहरु एक आपसमा बाझिने गरेकोले एउटा काम गर्दा अर्कोले अप्ठ्यारो पारेको पनि उनले बताइन्। मन्त्री अर्याललेसरकारले एकीकृत भूमी ऐनपनि अघि बढाउने तयारी गरिसकेको जानकारी दिइन्। उनले नेपालका सीमा अतिक्रमण भएको विषयप्रति वर्तमान सरकार गम्भिर रहेको र मिचिएका जमिन फिर्ता गराउने प्रक्रियामा सरकार लागिसकेको पनि दाबी गरिन्।

नेपाल र भारतबीच सीमा विवाद समाधानको लागि वार्ता गर्न सचिवस्तरीय संयन्त्र यसअघि नै गठन भईसकेको र वार्ता पनि भैरहेकाले सचिवस्तरीय, मन्त्रीस्तरीय र आवश्यक परे प्रधानमन्त्री स्तरमा पनि भारतसँग वार्ता गर्न सकिने उहाले स्पष्ट पारिन्। फरक प्रसँगमा उहाले बालुवाटार जग्गा प्रकरणमा नेपाल सरकारको यसअघिको जे धारणा थियो अहिलेपनि त्यो कायमै रहेको स्पष्ट पारिन्।

प्रकाशित मिति: : 2019-12-11 16:11:35

प्रतिकृया दिनुहोस्