कलियुगको व्यथा

यहाँ राम हराएका छन्
अनि कृष्णपनि
रावण जस्ताहरूले
ठूलो षड्यन्त्र रचेका छन्
शास्त्रहरूलाई तिरस्कार गर्न थाले
ठूलो तरवाल बोकेर हातमा
आफ्नो शीरलाई रेट्न थाले
खै! ती बडा विद्वान हुन् या मूर्ख
बल्दो अग्निमा रगतको हवन दिन थाले
पतीव्रता कडोरौँ नारीहरूलाई
निवस्र पारेर 
मदिराको आधारमा
आफ्नो औकात देखाउँछन्
खै! ती मानिस हुन् या पशु
बुझ्नै गाह्रो भएको छ
विदुर जस्ताको जन्म भएको छैन
अर्जुन जस्ताको धनु चलेको छैन
त्यसैले त यसलाई कलियुग भनिएको होला
दुर्योधन जस्ताको वशमा संसार जलेको देख्दा।

लक्ष्मण पौड्याल (म्यानमार)

प्रकाशित मिति: : 2019-12-23 09:42:09

प्रतिकृया दिनुहोस्