अक्षयको ‘प्याडम्यान’ लाई राष्ट्रिय पुरस्कार

उत्कृष्ट अभिनेत्रीको अवार्ड कीर्ति सुरेशले प्राप्त गरिन्। सर्वश्रेष्ठ निर्देशक उरीका आदित्य धर घोषित भए।

अवार्ड समाराेहमा अक्षय।

बलिउड स्टार अक्षय कुमार दोस्रो पल्ट भारतको राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित भएका छन्। सामाजिक कथामा आधारित फिल्म ‘प्याडम्यान’ का लागि उनलाई सोमबार उपराष्ट्रपति ब्याकैया नायडूले सम्मान गरे। 

अक्षयले ‘रुस्तम’ का लागि उत्कृष्ट नायकको अवार्ड जितिसकेका छन्। यसपालि उत्कृष्ट अभिनेताको अवार्ड अंधाधुनका लागि आयुष्मान खुराना र उरीका लागि विक्की कौशललाई संयुक्तरूपमा पुरस्कृत गरियो। उत्कृष्ट फिल्मको अवार्ड भने अंधाधुनले प्राप्त गर्यो। 

उत्कृष्ट अभिनेत्रीको अवार्ड कीर्ति सुरेशले प्राप्त गरिन्। सर्वश्रेष्ठ निर्देशक उरीका आदित्य धर घोषित भए। उत्कृष्ट कोरियोग्राफरको पुरस्कार घूमर र पद्मावतका लागि ज्योतिलाई प्रदान गरियो। सर्वश्रेष्ठ संगीत निर्देशकमा संजयलिला भन्सालीलाई पुरस्कृत गरियो। 

‘खरवस’ ले सर्ट फिचर फिल्मको अवार्ड जित्यो।खेलकुदको उत्कृष्ट फिल्म स्विमिङ थ्रु द डार्कनेस, उत्कृष्ट फिल्म क्रिटिकमा अनन्त विजय घोषित भए। मराठी फिल्ममा ‘भोंगा’ ले बाजी मार्यो। 
 

प्रकाशित मिति: : 2019-12-24 03:36:27

प्रतिकृया दिनुहोस्