जनही १५ हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि विप्लवका दाजुसहित २१ नेता जेल चलान

प्रहरीले पुनः नियन्त्रणमा लिने डर

नेत्रविक्रम चन्दका विप्लवका दाजु चन्द्रवहादुर चन्दसहित दाङमा पक्राउ परेका २१ नेता जेल चलान भएका छन्। दाङ देउखुरी जिल्ला अदालतले तोकेको धरौटी तिर्न नसक्दा उनीहरु जेल चलान भएका हुन्।

सोमवार जिल्ला अदालतले उनीहरुलाई जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर अदालतमा धरौटी तिरेर आफुहरु रिहा हुने अवस्था नरहेको नेत्रविक्रमका दाजु चन्द्रले बताए। 

‘हामीहरु जिल्ला अदालतले गरेको आदेश अनुसार धरौटी रकम बुझाएको भए पनि रिहा हुने अवस्था थिएन, किनकी प्रहरीले पुनः हामीहरुलाई नियन्त्रणमा लिईसकेको हुन्थ्यो,’चन्द्रले भने ‘यसर्थ पनि हामीहरुले कारागार बसाईलाई उपयुक्त ठानेका हौँ।’

गत कार्तिक ३० गते दाङको राजपुर गाउँपालिकाको बिकट जंगल क्षेत्रबाट पक्राउ परेका उनीहरुलाई राज्य विरुद्धको संगठित अपराधको मुद्धा प्रहरीले चलाएको थियो। नेकपाको राप्ती ब्यूरो बैठकमा सहभागी हुन गएका बेला प्रहरीले दाङको राजपुर गाउँपालिका ४ मुग्रेटाखोला भन्ने स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: : 2019-12-24 11:53:25

प्रतिकृया दिनुहोस्