बागी ३ मा आफू भएको दिशाको दावी

टाइगर श्राफको फिल्म बागीमा मुख्य र बागी–२ मा नायिकाको रूपमा दिशा पटानी थिइन्। तर, बागी ३ मा मुख्य भूमिकामा अभिनेत्री श्रद्धा कपुरलाई लिइयो। 

फिल्ममा दिशाको भूमिका छैन भनिएको बेला उनी पनि महत्वपूर्ण भूमिकामा भएको भिडियो बाहिर आएको छ। फिल्म रिलिजको दुई महिनाअघि यी अभिनेत्री आफैंले बागी ३ मा आफू भएको खुलासा गरेकी छन्।

यो भिडियो अभिनेत्री दिशाले अब बागी ३ को पालो भन्दै यसमा आफूले काम गरेका केही दृष्यहरू राखेकी छन्। 

तर, यो फिल्ममा उनी कुन र कस्तो भूमिकामा छिन् भन्ने खुलाइएको छैन। उनले किन यसरी आफू फिल्ममा भएको दाबीसहित भिडियो सार्वजनिक गरिन् भन्ने विषय यनतिबेला चर्चामा छ।

प्रकाशित मिति: : 2019-12-25 20:42:29

प्रतिकृया दिनुहोस्