उनले ‘रियल कङ्फु’ नाम गरेको चेन रेस्टुरेन्टविरूद्ध संघाई अदालतमा बुधबार मुद्धा दायर गरेकी थिइन।
ब्रुस लीकी छोरी सान लीले एउटा चिनियाँ चेन रेस्टुरेन्टविरूद्ध तीन करोड डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छिन्।
उनले आफ्नो बुवाको तस्बीर तथा लोगो स्विकृति बिना प्रयोग गरेको भन्दै् ‘रियल कङ्फु’ नाम गरेको चेन रेस्टुरेन्टविरूद्ध संघाई अदालतमा बुधबार मुद्धा दायर गरेकी हुन् ।
मुद्धा दायर गरिएको रेस्टुरेन्ट ग्वान्झाउको हो। सन् १९९० मा स्थापना भएको यो रेस्टुरेन्टका चीनको विभिन्न शहरमा ५७ आउटलेट छन्।
रेस्टुरान्टलाई तीन महिनाभित्र आफ्नो भनाई राख्न भनिएको छ। रेस्टुरेन्टले प्रयोग गरेको लोगोको आकृति ब्रुस लीको चर्चित ‘रेडी टु स्ट्राइक’ पोजसँग मिल्दो जुल्दो छ।
सान ली अमेरिकाको क्यालिफोर्नियामा आफ्नो बाबुको नाममा रहेको कम्पनी सञ्चालन गर्छिन्।