नयाँ वर्षको अवसरमा समुन्द्री तटमा रमाएकी भूमी

नायिका भूमी पेन्डेकरका लागि गएको बर्ष बलिउड यात्रा सुखद रह्यो। भूमीले अभिनय गरेका चलचित्रले दर्शकको राम्रो साथ पाउन थालेपछि अहिले बलिउडमा उनको डिमाण्ड पनि उच्च छ।

हरेक किसिमका भूमिका गर्न सिपालु भूमीले अभिनय गरेको ‘साँड कि आँख, बाला र पति पत्नी और ओ’ बक्स अफिसमा हिट भए। उनै, भूमी अहिले नयाँ बर्ष मनाउन भारत बाहिर छिन्।

नयाँ बर्षको अवसरमा समुन्द्री तटमा रमाएकी छिन्। उनले सामाजिक संजालमा एक तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्–‘नयाँ दशकका लागि मेरो मुड।’

भूमी हरियो रंगको विकिनीमा देखिएकी छिन् । आफ्नो नयाँ दशकको मुड भनेर हट तस्वीर सार्वजनिक गर्दै गर्दा भूमी कतै उनी अब आफ्नो भूमिकालाई पर्दामा पनि हट रुपमा प्रस्तुत गर्ने मुडमा त छैनन् भन्ने अड्कल लगाउन सकिन्छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

My Mood for the next decade

प्रकाशित मिति: : 2020-01-03 02:03:42

प्रतिकृया दिनुहोस्