कारकाे ठक्करबाट युवतीको मृत्यु

बुटवलमा भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ। बुधबार राति करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिएको हो।

बुटवलबाट पूर्वतर्फ जाँदै गरेको नम्बर प्लेट खुल्न नसकेको कारले सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको हो।

स्कुटरलाई ठक्कर दिने कारको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

प्रकाशित मिति: : 2020-01-03 02:32:22

प्रतिकृया दिनुहोस्