रंगेलीमा ६ लेन सडकको शिलान्यास, २ वर्षमै सक्ने लक्ष्य

मोरङको हुलाकी राजर्मागको झापा–मोरङ सडक खण्ड अन्तर्गत रंगेलीमा बन्न लागेको ६ लेन सडकको बिधिवत रुपमा निर्माण कार्य शुरु गरिएको छ। ठेक्का प्रक्रिया पूरा भएसँगै रंगेलीमा करिव ७ किलो मिटर सडक निर्माण शुरु भएको हो।

बुधबार रंगेली नगरपालिका मेयर दिलिप वगडीया र निर्माण कम्पनीका तर्फबाट कालिका कन्ट्रक्सन प्रालिका क्षेत्रिय प्रवन्धक उज्वल प्रसाईले सडक विस्तार तथा निर्माण कार्यको शिलान्यास गरेका छन्। 

सरकारले हुलाकी सडकलाई ४ भाग र झापा तर्फ २ भागमा विभाजन गरी ६ सेक्सनमा करिव ६० किलो मिटर सडक ठेक्का दिएको छ । रंगेली सेक्सन अन्र्तगतको करिव ७ कि.मि सडक शिलान्यास भएसँगै माटो भर्ने तथा रंगेली २ बेतौना क्षेत्रमा नाला निर्माणको काम थालिएको छ।

मेयर दिलिप वगडीयाले हुलाकी सडक विस्तारले रंगेलीको विकासमा ठुलो टेवा पुग्ने बताउँदै गुम्दै गएको पहिचान फेरिने बताए । सेक्सनको ७ कि.मि सडक खण्डको अन्र्तगत रंगेली वजार क्षेत्रको ४.९ कि।मी सडक शहरी मापडण्ड बमोजिम निर्माण हुने उनले बताए। 

यस्तै कालिका कन्ट्रक्सनका क्षेत्रिय प्रवन्ध उज्वल प्रसाईले ३ वर्ष निर्माण अवधि रहेता पनि २ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम थालिएको बताए।  पहिलो चरणमा ५ किमि रिटेनिङ्ग वाल बनाउने, भाटो भर्ने तथा नालाको काम सम्पन्न योजनासहित काम तिब्र गतिमा थालिएको उनले जानकारी दिए । 

 रंगेली सेक्सनको सडक निर्माणको ठेक्का कालिका –मैनाचुली–भेडेन्सी जेभि काठमाडौंले ७९ करोड २५ लाख ८६ हजार रुपैयाँमा पाएको छ । रंगेली नगरपालिकाले यसअघि नै संघिय सरकार सडक डिभिजन निर्देशानलयको निर्देशनमा सडक केन्द्रदेखि १५/१५ मिटर सडक खालि गराई सकेको थियो। सो क्रममा रंगेली बजार क्षेत्रका ८७ वटा घर भत्कीएका थिए भने केही घरमा डोजर चलाएर खालि गराइएको थियो। 

प्रकाशित मिति: : 2020-01-03 05:13:02

प्रतिकृया दिनुहोस्