आन्तरिक कलहले कांग्रेस जिरो हुन्छ: कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताएकी छिन्। उनले आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने भविष्यवाणीसमेत गरिन्।

प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरे।

केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको आरोपसमेत लगाइन्।  ‘पार्टी सबैभन्दा प्रमुख विषय हो, व्यक्ति ठूलो होइन, पार्टीको विवाद नमिले आउने चुनावमा काँग्रेस शून्यमा झर्छ’।उनले भनिन्, ‘पार्टीभित्र यस्तै किचलो रहिरहे आफू यो पार्टीमा भोट हाल्नलाई हात काँप्नेछ।’

पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ।

कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन्।  

शशांक कोइराला, शेखर कोइराला र आफूबीच कुनै विवाद नभएको दाबी गर्दै उनले भनिन्, ‘कोइराला परिवार भनेर मात्रै होइन, कांग्रेसमा योगदान गरेको इतिहास पनि छ। जो भए पनि मिलेरै अगाडि बढ्नुपर्छ।’
 

प्रकाशित मिति: : 2020-01-04 03:47:53

प्रतिकृया दिनुहोस्