हासिम अमला एभरेष्ट प्रिमियर लिगमा !

एभरेष्ट प्रिमियर लिग आयोजकले यो सिजन दक्षिण अफ्रिकाको पूर्व कप्तान हासिम अमलाले समेत खेल्ने बताएको छ।

आयोजक ईपीएल प्रालिका प्रवन्ध निर्देशक अमिर अख्तरले अमलाले खेल्ने बताएका हुन्। तर कुन फ्रेन्चाइज टिमले ल्याउन लागेको नखुलाएको उनले बताए। यसबारे थप जानकारी सम्बन्धित फ्रेन्चाईजले नै जानकारी गराउने उनले बताए।

अमलाले १८१ एकदिवसीय खेलमा ८ हजार १ सय १३ रन बनाएका छन जसमा २७ शतक र ३९ अर्धशतक प्रहार गरेका थिए । ४४ ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका उनले १२ सय ७७ रन बनाएका छन्।

प्रकाशित मिति: : 2020-01-04 06:21:52

प्रतिकृया दिनुहोस्