एसीसी प्रिमियर कप

नेपालकाे दुई विकट पतन, कुशलले ४३ र भीम १ रनमै बनाएर आउट

photo: CAN
photo: CAN

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचकाे सेमिफाइनल खेलमा नेपालले दुई विकेट गुमाएकाे छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेल ३८ बलमा ४३ रन बनाएर आउट हुँदा ब्याटिङमा आएका भीम सार्की १ रनमै आउट भए।

नेपाल अहिले ११.४ ओभरमा ७८ रन बनाएर खेलिरहेकाे छ।

नेपाल समूह ए काे विजेता भन्दै सेमिफाइनलमा पुगेकाे हाे भने कुवेत समूह बि काे उपविजेता टाेली हाे। नेपाल र कुवेत ११ वर्षपछि आमनेसामने हुन लागेका हुन्।

दुबै टाेली फाइनलमा पुग्ने लक्ष्यसहित खेल्ने छन्।

प्रकाशित मिति: : 2023-04-29 09:54:00

प्रतिकृया दिनुहोस्