अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट खेल

लेग स्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा जारी बिगब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरिरहेका छन्।  लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले शनिबार मेलबर्न रेनेगेड्सविरुद्ध उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। मेलबर्न स्टार्स आठ विकेटले विजयी भयो। 

चाेटका कारण अघिल्लो खेल गुमाएका सन्दीपले चार ओभर बलिङ गर्दै २६ रन खर्चिए। उनले पहिलो ओभरमा बिना कुनै विकेट सात रन दिए। दोस्रो ओभरमा पनि सन्दीप विकेटविहिन रहे। दोस्रो ओभरमा उनले १२ रन खर्चिए। तेस्रो ओभरमा भने दुई विकेट लिँदै चार रन मात्र खर्चिए।

उनले साउन मार्स र डेनियल क्रिष्टिनलाई पेभेलियनको बाटो देखाएका थिए। अन्तिम ओभरमा सन्दीपले टोम कुपरको विकेट लिँदै तीन रन माच खर्चिए। यस सिजनको लिगमा सन्दीप पाँच खेल खेल्दै छ विकेट लिन सफल भएका छन्। 

सन्दीपको टोली मेलबर्न स्टार्सले टस जितेर फिल्डिङ राजेपछि मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। मेलबर्न स्टार्सले १८ दशमलव पाँच ओभरमा  दुई विकेट गुमाएर पूरा गर्यो। लिगमा सन्दीपको टोली मेलबर्न स्टार्स अंक तालिकाको शीर्ष स्थानमा छ। मेलबर्नले हालसम्म छ खेलमध्ये पाँचमा जित निकाल्दै १० अंक बटुलेको छ।

 

प्रकाशित मिति: : 2020-01-05 09:51:30

प्रतिकृया दिनुहोस्