अजयसँग बिहे गरे भनेर बुवा ४ दिन बोल्नु भएनः काजोल

अजयसँग ४ वर्ष डेट गरेपछि बिहे भएको उनले बताइन्। काजोलसँग बिहे गर्ने कुरामा अजयको परिवार सकारात्मक रहेको तर आफ्नो बुवा विराेधमा भएको उनले बताइन्।

एजेन्सी

मुम्बई

‘तनाजी–द अनसँग वारियर’ मा सँगै देखिन लागेका अजय देवगन र काजोल बलिउडको आर्दश दम्पत्ति मानिन्छन्। फिल्ममा दुबैबीचको केमेस्ट्री पनि दर्शकलाई उत्तिकै प्रिय लाग्छ। यो जोडी ११ वर्षपछि फिल्मी पर्दामा सँगै देखिन लागेका हुन्। हालै उनीहरूले आफ्नो प्रेम जीवनको रोचक कुरा बताएर आफ्ना समर्थककाे कौतुहल जगाएका छन्। 

‘ह्युमन्स अफ बम्बे’ सँग कुराकानी गर्ने क्रममा काजोलले भनिन्, ‘हाम्रो पहिलो भेट २५ वर्षअघि हलचलको सेटमा भएको थियो। म सुटिङको लागि तयारी अवस्थामा थिए। यति नै बेला मैले सोधे– मेरो हिरो कहाँ छन्? कसैले अजयतर्फ इशारा गरे। उनी त्यति बेला उराठ लाग्दो अवस्थामा एउटा कुनामा बसिरहेका थिए। मेरो भेट १० मिनेट अगाडि मात्र भएको थियो र म उनको विरूद्ध नराम्रो कुरा गरिरहेको थिए।’

काजलले विस्तारै अजयसँग कुरा हुन थालेपछि उनलाई हेर्ने दृष्टीकाेण बदलिएको बताइन्। ‘यति बेला म अरुसँग डेट गरिरहेको थिए। उनी पनि अन्यसँग। मैले उनीसँग पनि त्यो बेलाको ब्वाइफ्रेन्डको कुरा काटेको थिए। पछि ब्रेकअप नै भयो। हामी दुई मध्ये कसैले एकअर्कालाई प्रस्ताव राखेनौं,’ उनले भनिन्, ‘हामीबीच समझदारी राम्रो थियो। हामी सँगै खाना खान जान्थ्यौं। उनी जूहुमा बस्थेँ। म दक्षिणी बम्बेमा। हाम्रो आधा सम्बन्ध कारमै बन्यो।’

अजयसँग ४ वर्ष डेट गरेपछि बिहे भएको उनले बताइन्। काजोलसँग बिहे गर्ने कुरामा अजयको परिवार सकारात्मक रहेको तर आफ्नो बुवा विराेधमा भएको उनले बताइन्।

‘अजयसँग बिहे गर्न लागे भनेर बुवा ४ दिनसम्म बोल्नु भएन,’ काजोलले भनिन्, ‘मेरो बुवा मलाई करिअरमा बढी ध्यान दिएको हेर्न चाहनु हुन्थ्यो।’ दुबै परिवारको सहमतिले पछि मराठी र पञ्जाबी संस्कारमा बिहे भएको उनले बताइन्। 
  
 

प्रकाशित मिति: : 2020-01-10 01:48:01

प्रतिकृया दिनुहोस्