राष्ट्रपतिबारे जनताकाे बाेली:

विद्यादेवीलाई वाह ! भन्न सकिएन, रामचन्द्रले गल्ती नदोहोर्‍याउन् (भिडियोसहित)

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएसँगै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। नवनिर्वाचित राष्ट्रपतिले आज (सोमबार) शीतल निवास पुगेर सपथ ग्रहण गरेका हुन्।

पौडेललाई सर्वोच्च अदालतका कायम-मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्काीले सपथ गराए। उनी फागुन २५ गते समपन्न निर्वाचनबाट नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गर्दै निर्वाचित भएका थिए। पौडेलको सपथसँगै निवर्तमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शीतल निवास छाडिन्।

पूर्व तथा वर्तमान राष्ट्रपतिबारे विभिन्न प्रकारका टिकाटिप्पणी भइरहेका छन्। राष्ट्रपति पद देशको संवैधानिक प्रमुख भएकाले संविधान कानुनअनुसार राष्ट्रपतिहरु नचलेको धेरैको आरोप छ। नेपालको इतिहासमा गणतन्त्र स्थापनापछि अहिलेका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल तेस्राे हुन भने प्रथम राष्ट्रपतिमा रामवरण यादव र दोस्राे विद्यादेवी भण्डारी हुन।

अहिलेसम्मका दुई राष्ट्रपति संसद विघटन होस् वा नागरिकता विद्येयकलगात विभिन्न कारण विवादित भए। नवनिर्वाचित राष्ट्रपति पाैडेलले संविधान र कानुनमा रहेर जनताकाे पक्षमा काम गर्लान् ? धेरैले संशय व्यक्त गरिरहेका छन्। जनताले राष्ट्रपति पद, पूर्व राष्ट्रपतिको भूमिका र अबको राष्ट्रपतिबाट के अपेक्षा गरेका छन् ? भन्ने विषयमा बिएल नेपाली सेवाले काठमाडाैँमा भेटिएका केही सर्वसाधरणसँग कुरा गरेकाे छ।

गोरखा घर बताउने हरिप्रसाद देवकोटाले राष्ट्रपति पद संवैधानिक पद रहे पनि विद्यादेवी भण्डारीले जनताको अभिभावकत्व, जनपक्षीयता र आफ्नाे जिम्मेवारीको महसुससमेत गर्न नसकेको दाबी गरे। ‘विश्व राजनीतिलाई हेर्ने हो भने नेपालको राष्ट्रपति प्रणाली नमुनाको रुपमा रहेको छ। यो भन्दा पहिलेको विद्यादेवी भण्डारी जनताको अभिभावक भए पनि जनपक्षीय भएन, कानुनी रुपमा चल्न सक्नुभएन, राष्ट्रपति पद के होसम्म बुझ्न नसकेको मान्छेलाई राष्ट्रको यति ठुलो जिम्मेवारी दिँदा जनताले अपेक्षीत फाइदा लिन सकेनन,’ उनले भने।

सापकोटाले वर्तमान राष्ट्रपति जनअपारताको साथ विजयी भएकाले जनताको अपेक्षाअनुसार काम गर्ने उनको भनाइ छ। ‘अहिलेका राष्ट्रपति जनताको अपार मायाले निर्वाचित हुनुभएको छ। अब जनताले राष्ट्रपतिको जिम्मेवारी के हो ? अनुभव गर्न पाउने छन्। पहिलेको राष्ट्रपतिजस्तो विभिन्न विवाद आउन काम नगरेर विवादरहीत काम गरेर जनताको राष्ट्रपतिमा पर्न हुन्न भन्ने अपेक्षा छ।’

त्यस्तै केशर अधिकारीले संवैधानिक पद भएकाले कानुनको संरक्षण गरेर काम गर्नुपर्ने बताएका छन्। उनले विश्व इतिहासमै महिलाहरु कम राष्ट्रपति हुने भए पनि नेपालमा विद्यादेवीको कार्यकाल सुन्दर रहेको बताउँदै अबको राष्ट्रपति रामचन्द्र पौडेल परिपक्तासहित जनमुखी काम गर्ने आशा रहेको उनको भनाइ छ।

‘संवैधानिक पद हो, राष्ट्रपति त्यसैले कानुनको संरक्षण गरेर अभिभाकत्व बहन गर्नुपर्छ। यो भन्दा पहिलेको राष्ट्रपतिबाट सानातिना समस्या निमत्यानु भो जस्तो कि प्रतिनिधिसभा विघटन, नागरिकता विद्येयकमा संवैधानिक भन्दा पनि कार्यकारी भूमिकाले गर्दा आलोचना भए तर नेपालमा महिला राष्ट्रपति भएको पहिलो सुन्दर इतिहास भएकाले राम्रो रुपमा लिनुपर्छ,’ उनले भने, ‘त्यसैले अहिलेको राष्ट्रपतिको बारेमा नकारात्मक कुरा गर्नुभएन हिजोका उहाँको योगदानले गर्दा राम्रो छवि भएको र उमेरले परिपक्क भएकाले पदको मर्यादा भुल्नु हुँदैन भन्ने अपेक्षा छ।’

तर, राजेन्द्रप्रसाद सिंहले राम चन्द्र पौडेल र विद्यादेवी भण्डारीबीच आकाश जमिनको फरक रहेको बताएका छन्। ‘देश नेताहरुले चलाउने हो भने राष्ट्र चलाउने जिम्मेवारी राष्ट्रपतिको हो तर विद्यादेवी पार्टीमुखी हुनुभयो, विभिन्न विधेयकलाई अल्झाएर राख्नुभो। अहिलेको राष्ट्रपति धैर्यता राख्न सक्ने वैधानिक मान्छे हो, उहाँ जनताको अपेक्षाअनुसार चल्नुपर्छ। पहिलेको र अहिलेको राष्ट्रपतिमा जमिन आसनको फरक छ,’ उनले भने, ‘१७ पटक हारेर मर्ने बेलामा सफल हुनुभएको छ। अब हाम्रो चाहना पूरा गर्दिनुहुन्छ ढुक्क छौँ।’

त्यस्तै अजबहादुर मल्लले विद्यादेवीको कदमहरु ठीक रहेको बताए। ‘पूर्व राष्ट्रपतिले चालेका कदमहरु ठिक छन्। नागरिकता विद्येयकलगायत विभिन्न विद्येयक रोक्नु भएको छ। विभिन्न महिलाको काम गर्नु भएको छ,’ उनले भने,‘अबको राष्ट्रपति अनुभवी हुनुहुन्छ जनमुखी काम गर्नुस् सुभकामना।’

भिडियाे:

प्रकाशित मिति: : 2023-03-13 19:50:00

प्रतिकृया दिनुहोस्