कृतिसँगकाे ब्रेकअपपछि सुशान्त रीयाको प्रेममा

बलिउड अभिनेता सुशान्त सिंह राजपुत र अभिनेत्री कृति सेननबीच केही समय अघि अफेयर चलेको थियो।  तर, अहिले उनीहरुबीच ब्रेकअप भएको छ। यी दुई लो प्रोफाइलका कलाकार फिल्म ‘राब्ता’ को सुटिङका क्रममा नजिकिएका थिए। उक्त फिल्म खासै सफल हुन सकेन । फिल्म सफल नभए पनि यसले सुशान्त र कृतिबीच प्रेम मौउँदै गएको थियो। 

सुशान्त र कृतिले आफूहरुबीचको अफेयरका विषयमा अहिलेसम्म सार्वजनिकरुपमा मुख खोलेका छैनन्। त्यसैले उनीहरुको ब्रेकअप पनि गुपचुरुपमै भएको छ। अब उनीहरु दुवै आफ्नो करिअरमा फोकस गर्न चाहन्छन्।

अहिले सुशान्त नायिका रीया चक्रवर्तीको प्रेममा रहेको चर्चा मिडियामा चलिरहेको छ। तर, यी दुबैले प्रेमको बिषयमा केही पनि बोलेका छैनन्। तर, उनीहरु विभिन्न स्थानमा एकसाथ देखिन्छन्। अब भने सुशान्त आफ्नो प्रेमलाई सार्वजनिक गर्ने मुडमा देखिएका छन्। उनले, रीयाको तस्वीर आफ्नो इन्स्टाग्राम स्टोरीमा राख्दै लेखेका छन्–‘मेरी जलेवी’।

सुशान्तले रीयाको तस्वीर राखेसँगै उनीहरुविच प्रेम रहेको पक्का भएको छ।

प्रकाशित मिति: : 2020-01-10 03:54:12

प्रतिकृया दिनुहोस्