संसारभर

तस्बिरमा साताका पन्ध्र गतिविधि

याे साता पनि संसारका धेरै गतिविधिहरु हिउँमा रुमलिए। त्यसका साथै संसार विभिन्न देशहरुमा भएका फेसन शाे'का दृश्यहरु पनि यस साता चर्चामा रहे। यी लगायत संसारका केही गतिविधिहरु राेयटर्सका फाेटाे पत्रकारहरुले खिचेका छन्।

प्रस्तुत छ, राेयटर्सका फाेटाे पत्रकारहरुले यस साता खिचेका उत्कृष्ट १५ तस्बिरहरु:


मध्य-जापानमा मनाइने एक अनुष्ठान ओवारी ओकुनिटामा वा कोनोमिया श्राइन भनिने आइची प्रिफेक्चर नग्न उत्सवमा भाग लिँदै सहभागीहरु इनाजावा जापानमा।

द्रुत रूपमा विस्तार हुँदै पानीको गुणस्तरलाई बिगार्दै वाल नदीलाई ढाक्ने पानी सलाद् अर्थात् लेउको ड्रोनले लिएको तस्बिर लुसियाना कन्ट्री एस्टेट, पेरिस, दक्षिण अफ्रिकामा।

लन्डन फेसन विकको दौरान क्याटवाक शो हेर्नका लागि उपस्थित एक अतिथि बेलायतको लन्डनमा।

एक जलवायु कार्यकर्ता बेलायतको लन्डनमा उच्च अदालत बाहिर प्रदर्शन गर्दै।

ब्राइट फेस्टिवलको समयमा देखिएको कलात्मक प्रकाश म्यापिङ ब्रसेल्स बेल्जियममा।

७७औँ ब्रिटिश एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन अवार्ड्स कार्यक्रमको अवसरमा अभिनेत्रीद्वय एम्मा स्टोन र एमिली ब्लन्ट साउथ बैंक सेन्टर, लन्डन, बेलायतको रोयल फेस्टिभल हलमा।

मजदुर आन्दोलनका कारण एफिल टावर बन्द भएको कारण ‘हडतालका कारण एफिल टावर बन्द भएको छ। हामी क्षमाप्रार्थी छौँ’ लेखिएको सूचना पेरिस फ्रान्समा।

सन् २०२१ मा सरकार र किसानबीच भएको सम्झौता लागु गर्न सरकारलाई दबाब दिन नयाँ दिल्लीतर्फ मार्च गरिरहेका किसानहरूलाई पञ्जाब र हरियाणा राज्यहरूबीचको सीमानामा रहेको शम्भु ब्यारियरमा उनीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्दा आफ्नो ज्यान बचाउन भाग्दै किसानहरु।

रूसी विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युपछि राजनीतिक दमनका पीडितहरूको स्मारकमा घुँडा टेकेर प्रार्थना गर्दै एक व्यक्ति रूसको सेन्ट पिटर्सबर्गमा।

रुसी विपक्षी नेता एलेक्सेई नभाल्नीकी विधवा युलिया नभाल्नाया ईयू विदेश मन्त्रीहरूको बैठकमा भाग लिँदै ब्रसेल्स बेल्जियममा।

राष्ट्रपति पदका उम्मेदवार र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूलाई एक दिनको मतदान र भोटिङ मेसिनको उन्मुलनको लागि आह्वान गरेको निवेदनमा हस्ताक्षर गर्न आग्रह गर्दै ट्रम्प कि बुहारी लारा ट्रम्प दक्षिण क्यारोलिना अमेरिकामा।

अर्धसैनिक प्रहरी अधिकारीहरू सडकबाट हिउँ हटाउँदै बेइझिङ्ग चीनमा।

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो चुनावी अभियानको क्रममा लस एञ्जलस, अमेरिकामा।

लोप हुने खतरामा रहेको उर्की जातको बिरालो दक्षिण स्पेनको ग्रनडा क्षेत्रमा।

मिलान फेशन विकको अवसरमा गुस्सी कम्पनीको पोसाकहरुको प्रदर्शन गर्न क्याट-वाक गर्दै सुपर मोडलहरु मिलान इटलीमा।

प्रकाशित मिति: : 2024-02-24 16:53:00

प्रतिकृया दिनुहोस्